कास्की/धौलागिरीमा बसोबास गर्ने पुन मगरहरुमा प्रचलित पुख्र्यौली, सोरठी, यानीमाया, सुनीमाया लगायतका गीतहरुको स्वरलिपि निकाल्ने काम हिस्तान मण्डली समाज पोखराद्वारा पोखरामा पहिलो चरणको काम जेष्ठ २५ गते शुक्रबारदेखि प्रारम्भ भइरहेको छ ।
उक्त स्वरलिपि पुर्वाीय भातखण्डे स्वरलिपि पद्धति र पाश्चात्य स्टाफ स्वरलिपि पद्दति दुवै स्वरलिपि पद्दतिमा निकालिने छ । यसलाई पस्तकको रुपमा समेत प्रकाशन गरिने छ ।
नेपाली लोकगीतहरुको इतिहासमा भातखण्डे स्वरलिपि, स्टाफ स्वरलिपि र मादलको ताललिपि समावेश भएके संगीत लिपि पुस्तक पहिलो हुने छ । उक्त गीतहरुको संगीत लिपि— संगीत प्रभाकर देव चोचाङ्गी मगर द्वारा निकाल्ने काम भईरहेको र उनलाई स्थानीय लोक संगीत विज्ञ हर्कबहादुर पहरे पुन मगर, टेकबहादुर पुन मगर र आमा समुहका महिला प्रतिनिधिहरुले सहयोग गरिरहेको जानकारी हिस्तान मण्डली समाजका पदाधिकारीबाट प्राप्त भएको छ ।
यस गीतहरुको पुस्तक प्रकाशन भएपश्चात यसमा भएका गीतहरुलाई त्रिभुवन विश्वविद्यालयको संगीत शास्त्र विभागको पाठय क्रममा समावेश गराउने पहल गरिने कुरा संगीत प्रभाकर देव चोचाङ्गी मगरले जानकारी दिनु भयो ।