संयोग पनि कस्तो एकै पटक पुख्र्यौली थलो पर्वत र म्याग्दीका दुई पुन मगर चेलीहरु मिस नेपालको ब्युटिप्याजेन्टको फाइनल राउण्डको लागि छनोट भएका छन् । मिस हङकङका टाइटल जितेकी अन्जना पुन (चोचाङी) मगर मिस नेपालको फाइनल राउण्डमा सिधै छनोट भइन । अन्जनाको गाउँ नेपालमा पर्वत जिल्लाको शालिजा हो । मिस नेपालको फाइनल राउण्डमा उनको ट्याग नम्बर ९ रहेको छ ।
यस्तै गरि रघुगंगा १, बेग मुलघर भएकी ललिता शेरपुञ्जा मगर हाल अध्ययनको क्रममा विगत ५ वर्षदेखि अष्ट्रेलियामा बसोबास गरिरहेकी छिन् । फाइनल राउण्डमा छनोट भएकी ललिता पुनको ट्याग नम्बर १५ रहेको छ । दुवै चेलीहरुलाई आफ्नो पुख्र्यौली कला, संस्कृति र पहिचानहरु प्रस्तुति सहित मिस नेपालको राउण्डहरुमा राम्रो गर्दै अगाडि बढ्नु सफलताको शुभकामना ।