स्वर्गीय आमा किर्तमाया पुनमगरको स्मृतिमा डा. महावीर पुनद्वारा लिखित आत्माकथा महाविर पुन (सम्झना, सपना र अविरल यात्रा) र मेजन पुनद्धारा लिखित धौलासिरी र मगर चलचित्र नामक पुस्तक म्याग्दी जिल्लाका विद्यालयहरु र संघसंस्थाहरुमा हस्तान्तरण गरिएको छ ।
मंगला गाउँपालिका वडा नं. १, भर्जुला हाल अष्ट्रेलिया निवासी छोरी शान्ता पाइजा, भाञ्जा मनिष पाइजा र मगर समाज अष्ट्रेलियाको आर्थिक सहयोग र सक्रियतामा उक्त किताबहरु म्याग्दीका विभिन्न विद्यालयहरुमा सौजन्य गरि हस्तन्तरण गरिएको हो ।
विदेशमा रहेर आर्जन गरेको धन केही मात्रा भएपनि आफ्नो जन्मभूमीमा सहयोग गरौं र उक्त सहयोगले विद्यालयको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको हो । जुन विद्यालयमा आर्थिक अभाव भएको कारण पुस्तक खरिद गर्न नसकिएको तर पढ्न चाहना तिब्र भएको र थोरै भए पनि आफ्नै देश, जिल्लामा सहयोग होस् भन्ने उद्देश्यले यो सहयोग विद्यालय र संघसंस्थाहरुमा सौजन्य गरिएको सहयोगदाताहरूको भनाइ छ ।
म्याग्दी जिल्ला मगरहरुको अत्याधिक बाहुल्यता भएको र विभिन्न कारणहरुले पछाडी परेको र पारिएकोले पनि यहाँको प्रायजसो मगरहरु शिक्षाबाट पछि परेको र मगर र संस्कृति पनि लोप हुदै गएकोले पनि मगर चलचित्र पुस्तक पनि सँगसँग वितरण गरिएको कुरा मगर चलचित्र पुस्तकका लेखक मेजन पुनले बताए ।
म्याग्दी जिल्लामा धेरै विद्यालयहरु भएतापनि पुस्तक संख्या न्युन भएकाले जुन विद्यालयमा आर्थिक अभाव र पुस्तक पढ्नबाट बञ्चित भएको विद्यालयहरु छन् ति विद्यालय चयन गरि पुस्तक हस्तान्तरण गरिएको कुरा पुस्तक हस्तान्तरण संयोजक प्रतिनिधि साजन चोचाङ्गी पुन मगरले बताए । हाल वितरण गरिएका पुस्तकहरु न्युन भएकाले चाहेजति र आवश्यक विद्यालयहरुमा पुस्तक पु¥याउन सकिएको छैन आगामी दिनमा अन्य स्रोतबाट आर्थिक सहयोग संकलन गरि पुस्तक वितरण गरिने कुरा म्याग्दी समाज अष्ट्रेलियाले बताएको छ ।