तनहुँ/मगर चलचित्रकर्मी संघको ५ दिने प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला कार्यक्रमबाट ६ वटा लघुचलचित्र निर्माण भई सम्पन्न भयो । चलचित्र विकास बोर्डको आर्थिक सहयोग र आदिवासी जनजाति चलचित्र महासंघको सहकार्यमा ५ दिने चलचित्र निर्माण प्रयोगशाला कार्यक्रमको उद्घाटन आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खजित राईको प्रमुख आतिथ्य, भिमाद नगरपालिका वडा नं. २ रघुका अध्यक्ष दिनेश थापा मगर को बिशेष आतिथ्य, चलचित्र विकास बोर्ड अन्तर्गत मातृभाषी चलचित्र प्रवद्र्धन समितिका सदस्य सगीना सुनुवार, होमस्टे अध्यक्ष रुमबहादुर थापा मगर, मगर चलचित्रकर्मी संघका निवर्तमान अध्यक्ष/उपाध्यक्ष युवराज मास्की राना मगर र मेजन पुनको आतिथ्यमा सम्पन्न भई ५ दिन सम्म निर्माण प्रयोगात्मक कार्यशाला तनहुँको रघु गाउँमा भएको थियो ।
आदिवासी जनजाति महासंघमा आवद्ध भएका जातीय चलचित्रकर्मी संघहरुलाई पनि प्रतिनिधिको लागि आव्हान गरिएकोमा थामी, गुरुङको सहभागी रहयो भने कुमालबाट पनि प्रतिनिधको सहभागीता रहेको थियो । यसरी मगर, गुरुङ, थामी, कुमालको सहभागी रहेको थियो ।
२५ जना सहभागीहरु मध्येबाट छनोट भएका ६ वटा कथालाई स्क्रिप्ट बनाएर रघु गाउँको विभिन्न ठाउँमा सहभागीहरुले चलचित्र निर्माण गरेका थिए । रघु गाउँ विश्वयुद्धका योद्धा भिसी नेत्रबहादुर थापा मगरको गाउँ हो । जहाँ ३ वडाको एउटै गाउँ छ । यहाँ होमस्टे संचालन पनि रहेको छ । सोही रघु होमस्टेमा बसेर चलचित्रकर्मीहरुले चलचित्र निर्माण गरेका थिए । कार्यक्रम मगर चलचित्रकर्मी संघका अध्यक्ष भीम राना मगरको अध्यक्षतामा सम्पन्न भयो ।