अहिले मलेसियामा एसीसी प्रिमियर कप क्रिकेट चलिरहेको छ । नेपाल एक गेम अगावै सेमिफाइनल पुगिसकेको छ । नेपालका खेलाडी दिपेन्द्रसिंह ऐरीले कतार विरुद्धको खेलको अन्तिम ओभरको ६ बलमा ६ छक्का प्रहार गरेर विश्व कीर्तिमान राख्न सफल भएका छन् । यसरी ६ बलमा ६ छक्का प्रहार गर्ने दिपेन्द्रसिंह विश्वको तेश्रो खेलाडी बनेका छन् । यसभन्दा अगाडि भारतका युवराजसिंहले इङ्ल्याण्ड विरुद्ध टि२० वल्र्डकपमा यो रेकर्ड रोखका थिए भने त्यसपश्चात वेस्ट इन्डिजका किरन पोलार्डले २०२१ मा श्रीलंका विरुद्ध यो रेकर्ड राखेका थिए ।
दिपेन्द्रसिंह एरीको नाममा २०२३ मा मंगोलिया विरुद्ध सबैभन्दा थोरै ९ बलमा फास्टर्स फिप्टीको रकेर्ड पनि रहेको छ । फास्टर्स फिप्टीको रकेर्ड युवराजसिंहको नाममा २००७ को वल्र्ड कपमा १२ बलमा बनेको थियो ।
नेपालकै कुशल मल्लले पनि मंगोलिया विरुद्ध कीर्तिमान कायम गरेका थिए । उनले ३४ बलमा शतक प्रहार गरेका थिए तर यो रेकर्ड नेपाल विरुद्ध नामिबियालका जन निकोल लप्टी एटनले ३३ बलमा शतक प्रहार गरेर रेकर्ड कायम गरेका थिए ।