१९९७ साल देखि हङकङमा नेपालीहरुको प्रवेश जन्मको आधारमा खुल्ला गरियो र त्यहाँको नागरिक लिएर नेपालीहरु बस्ने क्रमको शुरुवात भयो । नेपालीहरुले त्यहाँ विभिन्न पेशा गरि जीविकोपार्जन गर्दछन् । बिशेष गरि बढी पैसा प्राप्त हुने कन्ट्रक्सन क्षेत्रमा नेपाली पुरुषहरुको रोजगार बढी छ । होटलहरु नेपाली महिलाहरुको रोजगार छ । यसरी थ्रि डि क्षेत्रमा नेपालीको रोजगार थियो भने अहिले नेपालीहरु पनि विभिन्न व्यवसाय, व्यापार एवम् राम्रो रोजगारको क्षेत्रमा पनि नेपालीहरुको प्रवेश भईरहेको छ । यसैसन्दर्भमा म्याग्दी पाक्दारका काशी पुन मगरको छोरी मीरा पुन मगर हङकङको प्रहरी सेवामा भर्ती भएकी छन् । उनी त्यहाँ पहिलो नेपाली महिला प्रहरी भएको नेपाली समुदायले बताएका छन् । ‘कन याउ चिङ मोङ’ र ‘युङ लङ’को प्रहरी विभागले उनलाई भर्ना गरेको हो ।
त्यहाँको सरकारले दक्षिणी एसियाली मूल ‘एथ्निक’ समुदायको धेरै बाक्लो बसोबास भएको क्षेत्रमा प्रोजेक्ट जेमस्टोन र ‘हिमालय प्रोजेक्ट’ सञ्चालन गरेर प्रत्येक हप्ता निःशुल्क चिनियाँ कक्षाहरू दिइरहेको छ । गैर चिनियाँ युवाहरूलाई चिनियाँ भाषा सुधार गराउन र हङकङको संस्कृति बुझ्न मद्दत गर्ने उद्देश्यले स्थानीय समुदायमा घुलमिल गराइरहेको छ ।
उनीहरूलाई सुरक्षाकर्मीमा सहभागी गराएर लैजाने उद्देश्य हङकङ सरकारको छ । त्यही प्रोजेक्ट अन्तर्गत नेपालकी मीरा पनि प्रहरी बनेकी हुन् । यो प्रोजेक्ट २०१३ बाट सुरुआत भएदेखि ‘एथ्निक’ समुदायका केही युवायुवतीहरू प्रहरीमा भर्ती हुन थालेका छन् । केही नेपाली युवाहरू पनि भर्ती भैसकेका छन् । यही हिमालय प्रोजेक्ट अन्तर्गत प्रहरी तालिम प्राप्त गरी भर्खरै पास आउट भएकी मीरा पुन मगर पहिलो नेपाली महिला प्रहरी बनेकी नेपाली भाषी समुदायले बताएका छन् । अब उनको कार्यक्षेत्र बाहुल्य एथ्निक माइनोरेटी बसोबास भएको क्षेत्रतिर हुनेछ । हङकङमा दक्षिणी एसियाली मूलका ‘एथ्निक’ समुदाय हङकङ लगभग १ लाखको जनसंख्या रहेको छ । तर, जनसङ्ख्याको हिसाबले हेर्दा ‘एथ्निक’ समुदायका प्रहरी ज्यादै थोरै संख्या मात्रै प्रहरी बलमा देखिन्छ । हङकङमा प्रहरीको कुल संख्या विभिन्न डिपार्टमा गरी ३४ हजार बढी छ । मीरा पुन मगर मिस मगर हङकङको विजेता समेत हुन् ।