सिनेमा हाम्रो भाषा, संस्कार, संस्कृतिको अभिलेख राख्ने महत्वपूर्ण माध्यम हो । विकसित मुलुकले श्रव्यदृश्यको माध्यम प्रयोग गरि भु–उपग्रह (सेटेलाईट) प्रयोग गर्दै अर्को देशमा बसोबास गरिरहेका जनता समक्ष आफ्नो देशको भाषा, संस्कृति, संस्कारलाई देखाउने, सिकाउने तथा प्रवद्र्धन गर्ने सजिलो माध्यम बनाई रहेका छन् । यसैले श्रव्यदृश्यको माध्यम विकसित देशको लागि राजनीति पनि हो । यसप्रकारको राजनीतिबाट एउटा देशले अर्को देशलाई भौतिक रुपमा (सिमाना) जितिरहनु पर्दैन । मात्र देशको स्वार्थ अनुरुप सिनेमा निर्माण गरिदिनु पर्दछ । र, त्यसप्रकारको सिनेमाहरुलाई सम्बन्धीत देशले मनोरञ्जन कर छुटको व्यवस्था गरि बिशेष प्राथमिकतामा राखेर सहयोग गरिदिएको पनि हुन्छ ।
मगर चलचित्रले निश्चित पनि मगरको भावना बोकेको हुनुपर्दछ । मगरको मन, मुटु छुने हुनुपर्दछ । हामी तीन प्रकारको भाषा बोल्छौं । सबैको आ–आफ्नै संस्कार र संस्कृति जीवित छ– हामीमा । चलचित्रको एउटा दृश्यले हजार शब्द बोल्न सक्छ चलचित्र अब मनोरञ्जनको माध्यम मात्र अब रहेन । यसले भाषा, संस्कार, संस्कृति संरक्षण एवम् पहिचानको आन्दोलनमा महत्वपुर्ण माध्यम बन्दछ । केवल यसलाई जातीय संघ/संस्थाले हैंसे गर्न आवश्यक रहन्छ ।
एउटा भुगोलको चलचित्रले त्यो भुगोलको संस्कार, संस्कृति, भाषा त्यो भुगोलमा नपुगेरै पनि चलचित्र अवलोकन गरेर थाहा पाउन सकिन्छ । माराङ चलचित्र पाल्पा भेगमा निर्माण भएको चलचित्र त्यस वरपरका संस्कृतिहरु समेटेर निर्माण गरिएको छ । एउटा मगर गाउँको कथालाई मगर भाषामा निर्माण गरेर चलचित्र माराङ निर्माण भएको छ । यसको निर्माता तुल सारु र रुपा सारु मगर रहेका छन् । यसको लेखन/निर्देशन बुद्धिया सारु मगर हुन् भने यसमा रमेश बाबु थापा मगर, सृजना मगर, टिका थापा मगर, टेक राना मगर, गणेश घले, प्रेमकुमारी मगर, लक्ष्मी थापा मगरको अभिनय रहेको छ । ‘मगर कथानक चलचित्र माराङ हामीले देशको विभिन्न जिल्लामा प्रदर्शन गरिसकेका छौं’, निर्माता सारु मगरले भने, ‘भाषा र संस्कृतिकलाई मुख्य जोड दिएको माराङ पोखरामा फागुन २६ गते प्रदर्शन गर्दै छौं ।’ पोखरामा नेपाल मगर संघ, कास्की मुख्य आयोजक रहेको छ ।
मगर चलचित्रकर्मीको वार्षिक भेटघाट
तनहुँ/मगर चलचित्रकर्मी संघको वार्षिक भेटघाट कार्यक्रम दमौलीमा फागुन २६ गते दमौलीमा हुन गईरहेको कुरा महासचिव सुमन थापा मगरले जानकारी दिएका छन् ।