छोरीलाई भाञ्जाले पाल्न सक्छन् सक्दैनन भनेर माइतको काम गर्न भाञ्जालाई लगाइन्छ । गाउँमा नाता नजिक नजिक लाग्दछ । भाञ्जा सिपालु छन् भने छोरी दिनको लागि आमाबाबालाई कुनै दुविधा हुँदैन । किनकि भाञ्जा सिपालु छन्– उनले जे जसरी पनि छोरीलाई पाल्छन् भन्ने हुन्छ र ढुक्कसँग छोरी भाञ्जाको जिम्मा लगाइन्छ । अर्थात दुई जनाको विहे गरिदिन्छन् ।
छोरीलाई अलि टाढाको अर्को गाउँको मान्छे माग्न आउँदा चाहिं आमाबाबालाई अलि आपत पर्दथ्यो । माग्न आएको मान्छे कति सिपालु छ भन्ने थाहा नहुने हुँदा उसको काम गर्ने तरिका, कत्तिको सिपालु छ भनेर उसलाई घरको काम गर्न लगाइन्थ्यो । यसक्रममा उसलाई खेत जोत्ने, गोरु नार्ने, खन्ने, ढुंगा फोर्ने काम लगाइन्थ्यो । कामधन्दा राम्रो गरे उसले छोरी पाउँथ्यो नत्र छोरी पाल्न सक्दैन भनेर छोरी दिदैन थिए । यसरी मगर समाज भित्र विगतमा हुनेवाला भाञ्जाको सिपालुपन जाँच्ने काम गरिन्थ्यो ।
छोरालाई स्वास्नी पाउँदैनस् है केटा राम्रो काम गर्नु भनेर आमाबाबाले पनि भन्ने गर्दथे । घरमानै छोरालाई सही काम गर्न सिकाइन्थ्यो । घरमा कुखुरा काटेर भुत्ला फाल्ने काम पनि सिकाइन्छ । र, माइतमा कुखुरा काटेर भुत्ला फाल्न जानेन भने पनि खोइ यस्तोले पनि के छोरी पाल्छ भन्दै कुरा सुनाउने गर्दछन् । विगतमा यस्तो हुन्थ्यो अहिले यो चलन नहोला तर भाञ्जाको सिपालुपन जाँच्न पाउने त्यो अधिकार छोरीलाई पाल्न सक्छन् भनेर आमाबाबा ढुक्क हुने चलन थियो ।
फिल्म ‘घर ज्वाई’को दुई डिजाइनका क्यारेक्टर लुक्स आइतबार सार्वजनिक गरिएको छ । फिल्मको अधिकांश सुटिङ पूर्वी रुकुमका विभिन्न रमणीय स्थानहरुमा एक महिनामा गरिएको थियो। फिल्मलाई जनक घर्ती मगरले लगानी गरेका हुन भने अनिल बुढाको कथा अनि पटकथा,संवाद रहेको छ। जसमा लेखनका लागि उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएको छन्। फिल्मको छायांकन सुसन प्रजापतिले खिचेका हुन ।
असार २८ गते प्रदर्शन हुने फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा काउचा मगर, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छ्न । जिएम मुभिजको ब्यानरमा निर्मित फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द,संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएनले अन्तरास्ट्रिय प्रदर्शन अधिकार लिइसकेको फिल्मलाई आर आर फिल्मले बितरण गर्ने छ ।