गर्भपतनको कानुनी व्यवस्था -Legal
Provision_
महिलाको प्रजनन् अधिकार सम्बन्धी विश्वव्यापी गर्भधारण गर्ने अथवा नगर्ने र गर्भधारण गरिसकेपछि पनि सन्तान जन्माउने वा नजन्माउने भन्ने सम्बन्धमा निर्णय गर्ने सम्पूर्ण अधिकार महिला स्वयम्को हुन्छ ।
यस अधिकारलाई सुनिश्चित गर्न सुरक्षित गर्भपतन सम्बन्धी राष्ट्रिय नीति २०६० बाट मुलुकका सबै जिल्लाहरुमा उपलब्ध गराएको छ । त्यसै गरि ग्रामीण तथा सुदुर क्षेत्रका महिलाहरुसम्म पु¥याउन अझै बाँकी रहेको हुनाले औषधीको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन सेवा नीति २०६६ बाट स्वास्थ्य मन्त्रालयबाट स्वीकृत दिइएको छ ।
परिभाषा -Introduction_
गर्भपतन महिलाको लिखित मञ्जुरीमा सुचिकृत स्वास्थ्यकर्मीद्वारा सुचिकृत स्वास्थ्य संस्थामा प्रचलित कानुनले तोकेको अवधि भित्र रहेर प्रदान गरिने सेवालाई सुरक्षित गर्भपतन भनिन्छ । सुरक्षित गर्भपतन सेवा अन्तर्गत गर्भपतन गर्न गर्भ निरोधबारे परामर्श सेवा, गर्भ निरोध साधन तथा गर्म पतनका संभावित जटिलटाको व्यवस्थापन तथा उपचार समेत गर्नु पर्दछ ।
सुरक्षित गर्मपतन विधिहरु -Methods of Safe Abortion_
१= औषधी प्रयोगद्वारा -Medical
abortion_ ९ हप्ता -६३ दिन_ सम्मको गर्भको लागि ।
२= उपकरणको प्रयोगद्वारा -Manual Vacuum aspiration_ १२ हप्तासम्मको गर्भ अवधिको लागि ।
३= Medical induction को प्रयोगद्वारा १२ हप्ता भन्दा बढी गर्भको अवधिको लागि ।
१. औषधी प्रयोगद्वारा -Medical abortion_ गरिने गर्भपतन सेवा : ९ हप्ता -६३ दिन_ सम्मको गर्भ अवधिको हकमा दुई किसिमका औषधीहरु : Mifepristone and Misoprostol प्रयोग गरिन्छ ।
१=०=१= सुचिकृत स्वास्थ्यकर्मीको साथै सुचिकृत स्वास्थ्य संस्थामा सेवाग्राही जानुपर्ने हुन्छ ।
१=०=२= सुचिकृत स्वास्थ्यकर्मीको सुविधा रहेको ठाउँमा अनिवार्य रुपमा भिडियो एक्सरे -अल्ट्रासाउण्ड_ गराउनु पर्ने हुन्छ । कहिले काही सेवाग्राहीको गर्भको समयसँग पाठेघरमा आउनुपर्ने अवधि मेल नखाने साथै अवधि पुगेर पनि पाठेघरमा नआई नलीमा अथवा अन्य ठाउँमा बसेको हुनसक्छ ।
१=०=३= औषधी पसलबाट सिधै लिएर सेवा गर्दा जटिल समस्या आउन सक्छ । किनकि सही तरिकाले सेवन गर्ने बारेमा वहाँहरुलाई जानकार नहुन पनि सक्छ अर्थात ज्ञानको अभाव हुन्छ तसर्थ सुचिकृत संस्था र स्वास्थ्यकर्मीसँग परामर्श तथा सेवा लिन जरुरी हुन्छ ।
१=०=४= सेवाग्राहीले सेवाको बारेमा राम्ररी बुझेर सेवा लिनुको साथै अस्थायी तथा स्थायी साधनको बारेमा अनिवार्य परामर्श साथै सेवा लिनुपर्ने हुन्छ ।
१=०=५= सेवाग्राहीले यस सेवाको बारेमा बुझेर फाईदा, बेफाईदा र असरहरु बुझेर मात्र सेवा लिंदा राम्रो हुन्छ ।
१=०=६= सेवाग्राहीलाई स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो -छाप_ भएको ठाउँबाट सेवा लिनु पर्दछ ।
१=१ सेवा लिईसकेपछि सेवाग्राहीले ध्यान दिनु पर्ने :१=१=१ योनीबाट रगत बगेको साथै केही सेतो किसिमको झिल्ली, रगतको चोक्टा वा भ्रुण निस्केको निदान गर्नु जरुरी हुन्छ । कहिले काही योनीबाट रगत हल्का रुपमा देखा पर्न सक्छ । यस्तो भएमा गर्भ पतन नहुने खतरा हुँदा स्वास्थ्य संस्थामा गई फेरि सल्लाह लिनुपर्ने हुन्छ । अन्यथा गर्भ पतन नभई गर्भ बढ्दै जाने डर रहन्छ ।
१.१=२ दश -१०) दिन भित्र फेरि परामर्श लिन स्वास्थ्य संस्था जानुपर्दछ ।
१=१=३ सेवाग्राहीले सेवा लिएको ३ हप्तामा पिसाब टेष्ट गर्नु पर्छ । यदि पोजिटिभ आयो भने तुरुन्त स्वास्थ्य संस्था जानु पर्दछ ।
१=१=४ सेवा लिईसकेपछि तुरुन्त सम्पर्कमा आउँदा गर्भ बस्न सक्ने हुँदा सतर्कता अपनाउनु पर्दछ ।
१=१=५ गर्भपतन सेवा लिएपश्चात रक्तश्राव १÷२ हप्तासम्म पनि महसुस भएको हुन्छ ।
१=१=६ परिवार नियोजनका साधनहरुको बारेमा जानकारी एवम् सेवा लिनुपर्दछ ।
संभावित असरहरु -Potential
side effects_
क= वाकवाकी लाग्दछ ।
ख= वान्ता हुनु ।
ग= पखाला लाग्नु ।
घ= ज्वरो आउनु, तातो वा जाडो महसुस हुनु ।
ङ= टाउको दुख्नु ।
च= रिंगटा लाग्नु ।
जटिल चिन्हहरु -Warning signs of Complications_
अत्यधिक रक्तश्राव भएमा
क= लगातार २ घण्टासम्म प्रति घण्टा दुई वटा सेनिटर प्याड भिजेमा, रिंगटा लागेमा, टाउको दुख्ने थकाई लाग्ने भएमा ।
ख= औषधी लिएको भोलिपल्ट देखि ज्वरो आएमा ।
ग= योनीबाट गनाउने पानी बगेमा ।
घ= औषधी सेवन गरेपछि तल्लो पेट धेरैनै दुखेमा ।
ङ. लगातार वान्ता भएमा ।
परामर्श तथा सेवाको लागि