बाबा दलजित फगामी मगर र आमा दुधिमाया फगामी मगरको ४ भाई छोरा डिलबहादुर, डिलप्रसाद, बलसिंह र कान्छा छोरा महेन्द्र फगामी मगरको जन्म २०३० साल पुष ८ गते बेगखोला गाविस, बेग गाउँमा भएको हो । उनको प्रारम्भिक शिक्षा बेग गाउँबाट शुरु भयो ।
गाउँले जीवनमा घर र गोठ गर्नु पथ्र्यो । त्यतिबेला गोठमा बस्दा उनको सोचाई त्यही अनुरुप सानै थियो । नाकले भन्ने ठाउँमा रहेको गोठमा बसेर गाउँमा स्कुल पढ्न समेत भ्याउनु पथ्र्यो । त्यतिबेला विद्यालय स्तरमा अंग्रेजीको एबीसी कक्षा ४ मा पुगेर मात्र पढ्नु पथ्र्यो । घरको काम धन्दा गर्दै गाउँको स्कुलमा ७ कक्षा पास गरेपश्चात अर्को गाउँ ८ कक्षा पढ्न राखु जानु भयो ।
महेन्द्रलाई खेलकुदमा सानै देखि रुचि थियो । राखु पढ्ने बेला महेन्द्र फगामी टिम क्याप्टन भई स्कुल स्तरीय वीरेन्द्र च्यालेन्स शिल्डमा सहभागी भई पहिलो पटक राखु स्कुलले दोश्रो स्थान हासिल गर्न सफल भएको थियो । यस लगतै क्षेत्रीय भलिबल टिममा छनोट भई पोखरा खेल्न आएको अनुभव उनीसँग छ ।
ब्रिटिश क्याम्प पोखराबाट १९९३ फेब्रुअरी २६ मा भर्ती भएर ९ महिना बेसिक टे«निङ मलाया लाईन हङकङमा लिएपश्चात उनको सेकेण्ड जी.आर. पल्टन ४ महिना अपरेशन टुरमा निस्क्यो । सेकेण्ड जी=आर= पल्टन ६ महिना काम गरेपश्चात जुलाई १९९४ मा कम्पनी फष्ट रोयल गोर्खा राईफलमा गाबिन पुग्यो ।
हङकङलाई ब्रिटिशले १९९७ मा हस्तान्तरण गरि उनको पल्टन बेलायत पुग्यो । त्यहाँदेखि उनको पल्टन बु्रनाईमा पुग्यो । त्यहाँ सोढे १ वर्षसम्म कम्पनी रहयो भने त्यही समयमा उनी सार्जेन्टमा पदोन्नति भएर फष्ट रोयल हाईल्याण्डर स्कटल्याण्डमा गोर्खा रि–इन्फोर्समेन्टमा ज्वाईन्ट हुन पुगे ।
एसएलसी पनि उतीर्ण नगरिकन उनको सैनिक जीवनको शुरुवात भयो । औपचारिक शिक्षा यतिसम्म लेखेको रहेछ तर आर्मी जीवनमा विभिन्न कोर्सहरुको परीक्षा दिनको लागि विभिन्न समयमा अंग्रजी विषयमा पढेका व्यक्तिहरुसँग कम्पीटिसनमा सहभागी भईरहनु पर्दथ्यो। आफुसँग १ सय ५३ जना ब्रिटिश आर्मीमा छनोट भएका व्यक्तिहरु मध्ये विभिन्न समयमा विभिन्न कोर्सहरु उतीर्ण गर्दै ९ जना मात्र अफिसर लेभलमा पुग्न सफल भएकोमा आफ्नो कोसिसले यो लेभलसम्म पुग्न चानचुने मेहनतले मात्र पुग्दैन ।
सैनिक जीवनकालमा सिपाहीको रुपमा विभिन्न अपरेसनहरुमा संलग्नता भई काम पत्ते गरिरहँदा उनले खेलकुद क्षेत्रमा विभिन्न समयमा सहभागी हुँदै विभिन्न पुरस्कार, मेडल प्राप्त गरेका छन् । उनले भलिबल, बास्केटबल, फुटबल र एथलेटिक्समा सहभागी भएर अनगिन्ती पुरस्कार, मेडल, मानसम्मानहरु प्राप्त गरेका छन् ।
भलिबल खेल : फष्ट रोयल गोर्खा राईफलको प्लाटुन स्तरीय खेल खेल्दै कम्पनी र कम्पनीमा छनोट भई बटालियन स्तरीय खेलमा समेत संलग्नता भई धेरै पटक आर्मीको बटालियन च्याम्पियनशिप जितेका छन् ।
ईन्टर सर्भिस खेलकुदमा आर्मी, नेभी, एयरफोर्स टिम सहभागी हुन्छ । यस ईन्टर सर्भिसेस खेलकुदमा पनि बटालियनबाट छनोट भई आर्मी टिमबाट ईन्टर सर्भिसेस टुर्नामेन्ट खेल्दै धेरै पटक आर्मी टिमलाई जिताएका छन् ।
यसरी भलिबल खेलमा प्लाटुन, कम्पनी, बटालियन हुँदै सर्भिसेस स्तरीय खेलमा गोराहरुसँग खेलेको अनुभव उनीसँग छ ।
फुटबल खेल ÷फुटबल खेलमा पनि उनले प्लाटुन स्तरीय खेल खेलेर कम्पनी र कम्पनी स्तरीय खेलबाट छनोट भई बटालियन अनि बटालियनबाट छनोट भई ब्रिटिश फोर्स हङकङलाई रिप्रेजेन्ट गर्दै गोलकिपरको भुमिकामा विभिन्न प्रतियोगिताहरु जितेका छन् । ब्रिटिश फोर्स हङकङले भोलुन्टर टिम, सिभिलियनहरुको टिम र गोराहरुको टिमसँग प्रतियोगिता खेल्नु पर्दथ्यो ।
बास्केटबल खेल÷बास्केटबल खेलमा पनि उनले प्लाटुन स्तरीय खेल खेलेर कम्पनी र कम्पनी स्तरीय खेलबाट छनोट भई बटालियन अनि बटालियनबाट छनोट भई प्रतियोगिता जितेका छन् ।
एथ्लेटिक्स÷एथलेटिक्स अन्तर्गत उनले सर्ट फुटमा उनले प्लाटुन, कम्पनी र कम्पनी स्तरीय खेलबाट छनोट भई बटालियन र बटालियनबाट छनोट ब्रिटिश फोर्स हङकङबाट १९९५ सालमा सहभागी जनाएर च्याम्पियन भएका छन् ।
यसै गरि १०० मिटर, २०० मिटर दौडमा सन २००० सालसम्म बटालियन स्तरीय दौडमा रनरअपसम्म भएका छन् ।
वुलसेक रेस : सन २००० सालमा ईग्ल्याण्डको टेटबरीमा आयोजना हुने त्यस क्षेत्रको टे«डिसनल रेसमा टेटवरी रग्बी क्लब जो त्यतिबेलाको च्याम्पियन थियो । त्यस क्लबलाई २७ औं वार्षिक वुलसेक प्रतियोगितामा हराएर गिनिज बुक अफ वल्ड रेकर्डमा ब्रिटिश लाहुरेहरुले आफ्नो नाम दर्ता गर्न सफल भएका थिए । महेन्द्र फगामीले रेजिमेन्टका चित्रबहादुर थापा मगर, टेकबहादुर बुढाथोकी मगर र कृष्णबहादुर थापा मगरसँग मिलेर यो रेकर्ड बनाएका थिए भने यो रकेर्ड ७ वर्षसम्म कायम रहयो । त्यसपश्चात सोही टेटवरी रग्बी क्लबले नयाँ रेकर्ड बनाएर प्रतियोगिता जित्यो ।लगभग ३० वर्षे ब्रिटिश सैनिक जीवनमा महेन्द्र फगामी मगर जुनियर राईफल म्यानदेखि क्याप्टन पदसम्म कार्यरत भए भने पोखरा ब्रिटिश क्याम्पमा डिपुटी कमान्डरसम्म भएर -टुआईसी_ काम गरि २०२२ मार्च ७ गते अवकाश प्राप्त गरेका छन् ।
वल्ड रेकर्ड राखेका खेल
टेटवरीको गुम्सस्टुल हिलमा आयोजित २७ औं WoolSack race जहाँ गोर्खा रेजिमेन्टका चार जवानहरुले Tetbury Rugby club अगिद ले राखेको रेकर्ड र खेलको स्वभाविक विजेता Tetbury
Rugby club विरुद्ध नै नयाँ दुई रेकर्ड स्थापित गरेर नेपालीहरु देख्दा पातलै देखिए पनि बलिया हुन्छन् भन्ने धाक जमाए ।
60 Lb को WoolSack लगभग २७४ यार्ड दुरी उकालो ओरालो गम्सस्टुल पहाड उक्त WoolSack लाई काँधमा राखी दौड्नुपर्ने खेल नै त्यो खेल हो जहाँ गोर्खाली नेपालीहरुले कुनै पुर्व तयारी नै भाग लिई उक्त खेल जितेका छन् – अझ विश्व किर्तिमान सहित ।
रोचक पक्ष : उक्त WoolSack race मा यस पुर्व Tetbury Rugby club लाई कसैले जित्न नसकेको हुँदा खेलको प्रथम पुरस्कार उक्त क्लबका सदस्यहरुले पुनः आफैले जित्ने ठानी पुरस्कार नै नलिई आएका रहेछन् । तर गोर्खालीहरुले उनीहरुकै रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरे पश्चात पुरस्कार वितरण समारोह ४५ मिनेट ढिलो शुरु गर्नु परेको थियो ।
हाल महेन्द्र फगामी बेलायतको फार्नब्रोमा बसोबास गरिरहेका छन् । उनको दुई बहिनी छोरी जन्मेका छन् । जेठी एमी फगामीले ल’बाट ब्याचलर गरि बिजनेसमा मास्टर्स गरिसकेकी छन् । त्यसै गरि कान्छी म्याक्सिस फगामीले बायोलजी विषयको पहिलो वर्षको विद्यार्थी हुन् ।
गल्फमा महेन्द्र : सन् २००६ साल देखि महेन्द्र फगामी गल्फ खेलतर्फ आकर्षित भए । र, गल्फ खेलमा पनि आर्मी स्तरीय गल्फ प्रतियोगितामा युके आर्मी र अमेरिका आर्मी बीच भएको खेलमा ७ पटक उनको टिम च्याम्पियन भएको छ । यसै गरि युके आर्मी र अष्ट्रेलिया आर्मी बीच एक पटक आयोजना भएको खेलमा पनि सहभागी भई बिजय हासिल गरेका छन् ।
नेपालमा चाहिं राष्ट्रिय स्तरीय गल्फ प्रतियोगितमा गण्डकी प्रदेशबाट सहभागी भएर तेश्रो भएका छन् ।
बेलायतमा महेन्द्र फगामी विन्डल शाम गल्फ क्लबसँग संलग्न छन् । यस गल्फ क्लबबाट काउन्टी ईन्टर क्लब स्तरीय गल्फ क्लबमा सहभागी भएका छन् ।
बेलायतमा १ लाख १० हजार आर्मी, २८ हजार नेवी र ३६ हजार संख्यामा एयरफोर्सका सेनाहरु संलग्न हुन्छन् । यसरी यति धेरै संख्यामा रहेको आर्मीहरु मध्येबाट बेगखोला बेगमा जन्मेर सानैमा गोठालो जीवन व्यतित गरि राम्रोसँग अंग्रेजी बोल्न र लेख्न नजान्ने व्यक्ति यी तीन सेनाहरु बीच हुने सर्भिस स्तरीय प्रतियोगितामा छनोट समेत भएर सर्भिस स्तरीय प्रतियोगिता पटक पटक जित्नु सानो कुरा आवश्य होइन । उनको खेलप्रतिको भावना, प्रतिभा एवम् लगनशीलताकै कारण ब्रिटिश सेनाको बेस्ट मध्ये पनि बेस्टमा छनोट भएर खेलकुद प्रतियोगितामा विजेता भए जस्तै आफ्नो आर्मी जीवनको विभिन्न प्रोमोशनहरुमा प्रतिस्पर्धा गर्दै उतीर्ण हुँदै अफिसर लेभलसम्म पुगेर हाल अवकाश प्राप्त गरिसकेका छन् ।
नयाँ काम : अवकाश पश्चात द रोयल काउन्ट्री अफ बर्कसायरमा आर्मी क्याडेट फोर्स जसले १२ देखि १८ वर्षका बच्चाहरु जो आर्मी बन्ने चाहना राख्दछन् उनीहरुलाई ट्रेनिङ दिने काम गर्दछ— त्यसमा क्वाटरमास्टरको भुमिकामा लजिष्टिक सपोर्ट हेडको रुपमा कार्यरत छन् । द रोयल काउन्टीको हेडक्वाटर रिडिङमा छ । यो क्वाटरमास्टरको भुमिकामा उनको काम काउन्टी लेभलको भएर आर्मी जीवनमा भन्दा उपल्लो लेभलको रहेको महसुस गर्दै उनले यस कामलाई पनि महत्वका साथ गरिरहेका छन् ।