बाल्यकाल
भराथानको वरपरमा बाल्यकालमा साथीहरुसँग खेल्दै गर्दा बाबाले ५÷६ वर्ष पुगेपछि स्कुल भर्ना गरिदिनु भयो । मेरो जीवनको पहिलो स्कुल श्री महादेव नि=मा.वि= भीमसेन स्वाराको शिशु कक्षामा साथीसँगै जान थालें । मलाई बाबाले पहिले नै कखरा पढाई सकेको हुनाले म स्कुल भर्ना भएको केही दिन पछि बाह्रखरीमा क्लास चढाई दिनु भयो । कहिले खाली खुट्टा त कहिले चप्पल लगाएर विद्यालय पढ्दै जाने क्रममा कक्षा २ देखि होलफ्ष्ट भएर एकै पटक कक्षा ४ मा पुगें । म कक्षा ४ मा पुग्दा खेरी जम्मा विद्यार्थी १०÷१२ जना मध्ये छात्रा दिदी खमाया पाईजा मात्र थिए । पढ्ने क्रममा जब म ६ कक्षामा पुगे हामी जम्मा विद्यार्थी ४ जना मात्र भयौं । रोल नं= १ सुर्य कुमार थापा, रोल नं= २ रत्नकुमार पुर्जा, रोल नं= ३ म आफै र रोल नं= ४ बिष्णुबहादुर पुर्जा भने कक्षा ७ मा साईनोले भेना खबहादुर पुर्जा १ जना मात्र हुनुहुन्थ्यो । विद्यार्थीको कमीले गर्दा कक्षा ७ खारेज गरिदियो ।
जब हामी ६ कक्षा पढेर कक्षा ७ मा पुग्दा जिल्ला शिक्षा कार्यालयले हाम्रो विद्यालयलाई १० जना विद्यार्थी पु¥याए मात्र ७ कक्षा पुनः संचालन हुने भनेर जानकारी गराउँदा पनि गाउँबाट १० जना विद्यार्थी पु¥याउन नसकेर हामी कक्षा ७ देखि बिष्णबहादुर पुर्जा बाहेक ३ जना राखुको मुक्तिधाम मा.वि.मा हाम्रो बाबाहरु सहित बाबाले ल्याउनु भएको टिनको बाकस भित्र १ हप्ताको लागि खाने पिठो, भट्ट, मकै, खाना पकाउने दाउरा, ओड्ने ओछ्याउने बोकेर पढ्न स्कुल भर्ना भयौं ।
एक हप्ता पछि घर फर्कदा परिवार बाँसकोटमा बस्नु भएको हुनाले म बाँसकोट नै पुगें । आमाले स्कुल कस्तो लाग्यो भनेर सोध्नु हुँदा राखुमा त कौवा पनि अर्कै तरिकाले कराउँदो रहेछ आमा भनेर म रुँएको हिजै जस्तो लाग्दछ । म बाँसकोट देखि राखुमा १० बजे स्कुल भेट्नको लागि १ हप्ताको खाना खर्च, पकाउने दाउरा बोकेर १÷२ घण्टामा पुग्दथें । उमेर सानै थियो, यी सामानहरु बोकेर कहिले खाली खुट्टा पुष माघको जाडोमा स्कुल जाँदा कुनापुज्ने, भुवनेथानमा पाती चढाउँदै जाँदा हिउँ जमेर टाटा बसेको ठाउँमा टेक्दै जाँदा खुट्टा ठिडाउँदै जान्थ्यौं । जब स्कुलको नजिक साझा पानीमा पुग्दा त्यहाँ दुई धाराका पानीहरु थियो । त्यो धारातिर फर्कदा दाहिने तिरको धारोलाई बेगको धारा र देव्रेतिरको धारोलाई राखलेहरुको धारा भन्ने गरिन्थ्यो । त्यही क्षेत्रमा बसोबास गर्ने राखलेहरुले हामीलाई लेंडा लेंडा भनेर जिस्काउने गर्दथे र सोही कारण कतिपय विद्यार्थीहरु स्कुल जान पनि छोडे ।
यसै प्रकारले २०३९ सालमा सेन्टअपमा ६५ जना मध्ये २१ जना भित्र जम्मा ४ जना छात्रा भने ३ जना मात्र मगर परेका थियौं । जस मध्ये रत्न कुमार पुर्जा, म र दग्नामको मनबहादुर पुन थियौं । यसरी सेन्टअप पास गरेकोमा बाबाले बेगमा मिठाई बाँडेको याद आउँछ । सेन्टअप पछि झण्डै तीन महिना पछि एसएलसी दिन हाम्रो गाउँबाट रत्न कुमार र म बेनी गयौं । त्यस बेला म्याग्दी जिल्ला भरि जम्मा ४ वटा मात्र हाईस्कुल थियो । एसएलसी दिए पछि २०४० साल बैशाख १ गते बाट अन्डर म्याट्रिक महिनाको ३ सय ६५ रुपैयाँमा श्री महादेव नि.मा.वि.मा शिक्षकको रुपमा पढाउन थालें ।युवा अवस्था :
जब मैले एसएलीसी दिएर गाउँमा शिक्षण पेशामा संलग्न हुँदै गर्दा युवक संगठनको सचिवबाट सामाजिक क्षेत्रमा काम शुरु गर्न थालें । म युवक संगठनमा लाग्ने क्रममा मेरो पहिलो युवक संगठनको अध्यक्ष ठाकुरप्रसाद तिलिजा -ठगे_ र दोश्रो धनबहादुर तिलिजा हुनुहुन्छ । युवक संगठनमा रहँदा खेरी छिमेकी गाउँमा साँस्कृतिक कार्यक्रम र खेलकुद लिएर म आफै नाच्ने र खेल्ने गरियो ।
२०४० सालमा दाना गाउँमा लाग्ने पुष १४ मेला मनाउन जाँदा हामी युवक संगठनका साथीहरुले चामल बोकेर गएका थियौं । र, होटलमा तरकारी किनेर खाने गर्दथ्यौं । हाम्रो गाउँतिर शिकार खान चाहेमा राँगोको मासु सानो प्लेटमा २ रुपैयाँ र शिशाको गिलासको चियालाई १ मोहरमा पाइन्थ्यो तर दाना गाउँको मेलामा चाहिं त्यस भेगमा राँगो नचल्ने हुनाले खशीको मासु प्लेटको ४ रुपैयाँ पर्दथ्यो । चामल बोकेर मेला मान्न जाँदा पनि तरकारीको कारणले हामी युवा संगठनका साथीहरु बेखर्ची भएका थियौं ।
दानाको मेलामा फुटबलमा दोबाले पच गर्ने शिल्ड हामी बेगले जित्यौं । फुटबलमा पदम पुर्जा, तेजबहादुर गर्बुजा, गणेशबहादुर फगामी, डिलबहादुर फगामी संलग्न थिए । वहाँहरु फुटबलमा अरु भन्दा जान्ने भएकै कारण मैले दोबालाई फाईनलमा १ गोल हानेर हामी बेग विजय भयौं । र, गाँडपारको बालुवाको फुटबल ग्राउण्डदेखि दानाको गाउँसम्म हिपहिप हुर्रे पहिलो कप हात पारियो ।
यसै गरि घासा गाउँले पच गर्ने शिल्ड पनि बेग गाउँको युवाहरुले जित्यांै । यसमा बिशेष गरि डिलबहादुर फगामी, केबहादुर पुन र घनबहादुर गर्बुजाहरुको बिशेष उत्कृष्ट प्रदर्शनको कारणले बेग गाउँको खेलाडीले सबैको मन जित्दै भलिबलको प्रथम शिल्ड हात पा¥यौं ।
बासकेटबलमा पनि अन्तिम चरणको फाइनलमा बेग पुगेका थियौं । तर मेला लामो भएको कारण र बिखर्ची भएर नाच्ने कलाकारहरुलाई मात्र छोडेर हामी खेलाडीहरु फाईनल हापेर दानाबाट रातको समयमा टर्चलाईट बालेर बेगतिर बाटो लाग्यौं । टर्चलाईटको ब्याट्री सक्किएर भुरुङ तातोपानीमा बन्द दोकानलाई बोलाएर ब्याट्री किनेर विहानको २ बजे बेग आईपुगियो । यसरी युवा अवस्थादेखि नै सामाजिक सेवामा आवद्ध हुन पुगियो । र, यसको बिशेष योगदान बाबा, आमाहरुले गाउँको समाजमा काम गर्दागर्दै उहाँहरुबाट सिक्ने अवसर मिल्यो । जुन क्रम अहिले सम्म पनि जानी नजानी सकि नसिक गरिदै आएको छु । सामाजिक सेवा गर्न आफ्नो भावनाहरुदेखि उत्प्रेरित हुनु पर्दो रहेछ । समाज सेवा गर्दा जति आनन्द आउँदछ त्यो नै आनन्दको अनुभुति हुन्छ । कुनै व्यवसाय, राजनीतिमा म संलग्न भएको भए जुन ठाउँमा म आज छु यो ठाउँमा छु त्यो हुन सक्थ्यो या सक्थेन होला । यद्यपी आज यो ठाउँमा पु¥याउनमा मेरो परिवार, मेरो दाजु भाई, ईष्टमित्रहरुको ठुलो सहयोग, हौसला रहयो ।
मनमा लागेका कुराहरु
अन्ततः एक दिन मरेरै जानु पर्दछ । जसले जेजति सम्पत्ति कमाए पनि खाली हात जन्मियो, खाली हात जानेनै हो । मरेर जाँदा लैजाने त आफ्नो जिउँदो रहुञ्जेल आफुले गरेको नाम, कृतिहरु त हो ।
म स्कुल पढ्दा प्राय जसो खाली खुट्टा, कट्टु लगाएर स्कुल गईन्थ्यो । त्यतिबेला स्कुल युनिफर्म थिएन । जो जससँग जे छ त्यसैमा स्कुल गईन्थ्यो । सक्नेले त्यही किताब राखेको झोलामा मकै भुटेर अर्नी लगिन्थ्यो । नसक्नेले दिनभरि भोकै बस्नु पर्दथ्यो । घरमा पुगेर भोक लागेको बेला ढेंडोको माम्रा उप्काएर भोक मेटिन्थयो । त्यसबेलासम्म एउटा पनि माध्यमिक तहको स्कुल नहँदा र अर्काको गाउँको स्कुलमा गएर पढ्नु पर्दा कति दुःख पायौं त्यो हामीलाई मात्र थाहा छ । त्यसबेला व्यहोरेका म लगायत थुप्रैलाई यो अमिलोपनको महसुस सबैलाई छ । मैले एसएलसी दिंदा एसएलसी दिएकाहरुको नाम उच्चारण गर्दा गाउँमा औलामा गन्नेहरु मात्र थिए ।
हाम्रो नि.मा.वि. स्कुल रहँदै गर्दा हेडमास्टर समेत अर्काको गाउँदेखि नियुक्ति गर्नु पर्दथ्यो । मेरै ठुलो बाबा गंगा बहादुर फगामीले दशकौ वर्ष शिक्षण पेशामा लाग्नु भयो । तर वहाँको कम योग्यता भएको कारण कहिल्यै पनि वहाँले हेडसरको अभिभारा पाउनु भएन । मलाई लाग्दछ, हामी पढ्दा र पढाउँदा सम्म हाम्रो गाउँको हेडसर सम्म पाउनु नसक्नु म भित्र नमिठो अनुभव छ । जुन मेरो अध्ययनको बेला र अहिलेको अवस्थालाई तुलना गर्दा धेरै अन्तर पाउँदछु । आफ्नै गाउँमा माध्यमिक तहको विद्यालय छ । माटोको ढुंगाको पुरानो स्कुललाई हामी सबै देश, विदेशमा बस्ने बेगखोले तथा गैर बेगखोले शिक्षा प्रेमी शुभचिन्तकहरुको सहयोगमा पक्की भुकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको छ । यद्यपी भवनको निर्माणसँगै शिक्षाको गुणस्तरमा पनि उत्तिकै शिक्षक, अभिभावक र विद्यार्थीहरुको आन्तरिक प्रयास हुन जरुरी छ ।
विगतमा शिक्षक र हेडसर अन्य गाउँदेखि खोजेर राख्नु पर्ने हुन्थ्यो अहिले गाउँको शिक्षक र हेडसरहरु पाउँदा गर्ववान्वित गर्दछु । मा=वि. स्तरको स्कुल ल्याउन विभिन्न समयमा विभिन्न व्यक्तिहरुले गरेको हाम्रो पितृहरुको योगदानको उच्च सम्मान गर्न चाहन्छु । विगतमा देउरालीको पिपलको रुखमुनी बसेर शुरुवात गरेको हाम्रो गाउँको शिक्षाको संरचना यहाँ सम्म आईपुग्दा हामी सबैले गौरव गर्नु पर्ने हुन्छ ।