नेपाल लाङ्घाली परिवार गठन भएको ४२ औं वर्ष लाग्दैछ । २०३८ सालमा रुपन्देहीको बुटवलमा तदर्थ समिति गठन भई २०३९ साल फागुन १४ र १५ मा तनहुँको दमौलीमा लाङघाली परिवार संघको स्थापना भएको अवसरमा स्थापना भएको दिनको सम्झना स्वरुप सम्पुर्ण मगरहरुले संघ स्थापना भएको ४२ औं स्थापना दिवस मनाउन लागेको अवसरमा यसका संस्थापक कोषाध्यक्ष मनवीर गर्बुजा पुन मगर :
लाङ्घाली परिवार संघका संस्थापक कोषाध्यक्ष
मनवीर गर्बुजा पुन मगर
जन्म र जन्म स्थान
काठमाडौंबाट उत्तर पश्चिममा पर्ने गण्डकी प्रदेशको धौलागिरीमा अवस्थित म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका अन्र्तगत हिस्तान बेनी सदरमुकामबाट करिब १२ कोश टाढा करिब १० घण्टाको पैदल दुरीमा पुगिन्छ । यही म्याग्दी जिल्लाको हिस्तान, औल गाउँमा आफ्नो आमा माईती घर गएको बेला बथा लागेर माईती घरमा बच्चा जन्माउनु हुँदैन भन्ने परम्परागत मान्यता अनुरुप नजिकै रहेको परालको टौवामुनी विहानी भालेको डाँकोसँगै बाबा कविराम गुर्बजा पुन मगर र अमा देवका गुर्बजा पुन मगरको कोखबाट साँहिला छोराको रुपमा मनवीर गर्बुजा पुन मगरको वि.सं. १९८९ साल पुष १५ गते जन्म भएको हो । हिस्तानमा जन्म भएको भएतापनि २०२६ पुष १५ गते बसाईसराई गरी रुपन्देही जिल्लाको बुटवल, कालिकानगरमा बस्दथे ।
बाल्यकाल
आदिवासी जनजाति मगरहरुको ऐतिहासिक थातथलो रहेको मगराँत भुम िर प्राकृतिक रुपले अत्यन्तै मनोरम स्थान, प्रसिद्ध सुन्दर पर्यटकीय ठाउँ घोडेपानी र पुनहिलको काखमा अवस्थित हिस्तानको औल गाउँमा जन्मिएका मनवीर गुर्बजा पुन मगर आफ्नै पुख्र्यौली घर मथेनीको लेकमा आफ्नो हजुरआमासँगै साँहिला छोराको रुपमा स्नेहमय वातावरणमा हुर्किएका थिए । उनको बाल्यकालको स्याहारसुसार सबै आफ्नो हजुर आमाले नै गरिन् । मनवीरले आफ्नो उमेरको १०÷१२ वर्षसम्म मथेनीको लेकमा गाईभैसी र भेडाको गोठालो जीवन व्यतित गरे । त्यो बाहेक पारिवारिक जीवनमा आईपर्ने कामहरु गर्नु र मुख्यतः आफ्नो हजुरआमाको घरायसी काममा सघाउनु उनको काम थियो । चार दाजुभाई र पाँच दिदीबहिनी सहितको ठुलो र मध्यम आयको किसान परिवारमा जन्मिएका मनवीर गर्बुजा पुन मगर सानै उमेरदेखि शारीरिक रुपले आफुले कम काम गर्ने र धेरै अरुलाई काममा लगाउने स्वभावका थिए । उनी सानै उमेरदेखि नै तीक्ष्ण बुद्धि तथा समाजसेवी, विचारक, साहसी र शान्त स्वभाव भएका बालक थिए । उनी गहृस्थीका कामभन्दा लेखपढ र सामुहिकतामा बस्न रुचाउने, नयाँ कु।ाहरुको खोजी गर्न रुचाउने, सरल र जिज्ञासु स्वभावका व्यक्ति थिए । उनका अरु दाजुभाई र दिदीबहिनीहरु पितृभक्त भए पनि उनी परिवारबाट आफु खुशी हिडडुल गर्न चाहन्थे ।
विवाह र सन्तान
मनवीर गर्बुजा पुन मगर २२ वर्षको उमेरमा दाम्पत्य जीवनमा प्रवेश गरेका हुन् । म्याग्दी जिल्लाकै शिखका जाले पाईजा पुन मगर र सीता पाईजा पुन मगरकी छोरी माया पाईजासँग २०१५ साल भाद्र महिनामा विवाह बन्धनमा बाँधिएका थिए । उनका ४ सन्तानमध्ये एक छोरा शेरबहादुर गर्बुजा पुन मगर (हाल बेलायत) र तीन छोरीहरु सममाया, मनकुमारी र जुनकिरी छन् ।
सन्दर्भ सामाग्री
१) मनीर गर्बुजा पुन मगरको नथाकेको यात्रा (जीवनी), सुन्दर तरामु मगर÷खोमा तरामु मगर, २०६९, बुटवल