१५ वर्षको उमेरमा लाहुरेसँग विहे भयो । ६ महिना पछि श्रीमान लाहुर जानु भो र क्याम्पस पढ्न शुरु गरिन मिना गुरुङले । कहिले काहि त मेरो श्रीमान कस्तो छन् भनेर एल्बममा फोटोहरु हेर्नु पथ्र्यो । मन्त्रीको श्रीमति मन्त्रीनी भए जस्तै लाहुरेको श्रीमति लाहुरेनी भईम । कथा व्यथा त सबै महिलाको एउटै हो । लाहुरेनी भएपछि सबै लाहुरेनीको पनि व्यथा त उस्तै त हो तर केही गर्नु पर्छ भन्ने म जस्तो लाहुरेनीलाई चाहिं अलि दुःख छ । पल्टनमा एफएम सम्बन्धी तालिम लिएर बिएफबिएस एफएममा ५ वर्ष प्रजेन्टर भई काम गरियो । ब्युटिपार्लर सम्बन्धी तालिम लिएर अहिले पोखरामा हङकङ ब्युटिपार्लर संचालन गरिरहेको छु । लाहुरेनी भएपछि अलिकति आर्थिक रुपमा सजिलो भयो । केही गर्छु भन्नेलाई सहयोग चाहिं प्राप्त हुन्छ ।
— मिना गुरुङ
म पञ्जाबको अबोटाबाद शहरमा जन्मे अर्थात मेरो बाबा पनि लाहुरे थिए । म जहाँ जन्मिए त्यही ठाउँको लाहुरे भएँ । पञ्जाबको शहर लाहोरमा भर्ती भएका मान्छेहरु कहाँबाट आएको भन्दा लाहोरदेखि, लाहोरदेखि भन्दाभन्दै कालान्तरमा लाहुरे भएको हो । अहिले त नेपाल बाहिर जता गए पनि लाहुरे भन्ने चलन छ । भर्ती भएर ३ वर्षमा स्वदेश फर्केर विहे गरि फर्कदा अर्को ३ वर्षमा स्वदेश फर्कन पाइने हो होइन भन्ने अवस्था थियो लाहुरेको । गाउँको काले, बले पल्टनमा बलबहादुर, धनबहादुर भई नाम लेखाइयो । पल्टनमा मरेको बलबहादुर, धनबहादुरहरुको गाउँमा नाम अर्कै हुन्छ । बलबहादुर, धनबहादुर भनेर कसले चिन्ने ? मरेका बलबहादुर, धनबहादुरहरु गाउँको काले, बले थिए भनेर कसले भनिदिने ? पल्टन गएका बले, कालेहरुलाई आजीवन उनीहरुको श्रीमतिले कुरेर बसिरहे विगतको लाहुरे र लाहुरेनीको कथा हो यो भन्दै लाहुरे विषयमा पिएचडी गरेका चन्द्रबहादुर गुरुङ बोल्दै थिए ।
— डा. चन्द्रबहादुर गुरुङ
म सानो हुँदा देखि नै बजुको मुखबाट लाहुरे बाजेहरुको कथा सुन्थे । ती कथाहरुले त्यो बेला रमाईलो महसुस गराउँथ्यो । ठुलो भए पनि लाहुरेको कथा अझ सुने तर लाहुरे बजुहरुको कथा व्यथाहरु कहि हराए जस्तो लाग्यो त्यसैले ५ वर्ष अगाडि खोज अनुसन्धान गर्दै गोर्खा लाहुरेनीको कथा व्यथा फोटो प्रदर्शन गरिन सुजना श्रीसले । सुजनाको गाउँ गुल्मी भार्से हो जहाँका अधिकांस व्यक्तिहरु लाहुरे जाने गर्दथे । लाहुरेको कथा सानैदेखि सुजनाले सुनिरहेकी थिइन । अभाव बजुहरुको कथाको थियो उनले अहिले लाहुरे बजुहरुको कथालाई उठान गरिदिएकी छिन् । यसको निरन्तरताको कामना सबैले गरें र सुजनालाई अझ प्रगतिको कामना ।
— सुजना श्रीस