बुध्दत्व प्राप्त गर्नु अघि सिध्दार्थ गौतमले दरबारमा भित्र विलासी जीवन बिताएका थिए । दरबार बाहिरको संसारमा मानव पीडा, बुढ्यौली र मृत्युको वास्तविकता देखे पछि जीवनको गहिरो अर्थको खोजीमा सिध्दार्थले आफ्नो बिलासी जीवन छोड्ने निर्णय गरे । सिध्दार्थको दरबार छोड्ने निर्णयलाई "महाप्रस्थान" भनिन्छ । बौध्द इतिहासमा एक निर्णायक घटना हो । महाप्रस्थानले उनको आध्यात्मिक यात्राको शुरुवात गर्यो । उनले अन्ततः बोधि रूखमुनि बुध्दत्व प्राप्त गरे । एक राजकुमारको रूपमा आफ्नो जीवन त्याग गर्ने सिध्दार्थको निर्णय "चार दृश्यहरू" बाट प्रभावित भएको थियो। ति हुन् बूढा मानिसहरू, बिरामी मानिसहरू, लाशहरू, र भटकिरहेका जोगीहरू । यी वास्तविकताहरूको साक्षात्कारले सिध्दार्थलाई जीवनको नश्वरता र दुःखलाई महसुस गराए ।
बुध्दत्व प्राप्त गर्नु अघि, सिध्दार्थले चरम तपस्या गरेका थिए । बुध्दत्व प्राप्त गरेपछि बुध्द आफ्नो परिवार र आफ्नो गृहनगरका मानिसहरूलाई शिक्षा दिन तिलौराकोट फर्के । उनका पिता राजा शुध्दोधन र उनका छोरा राहुल पनि बुध्दका अनुयायी बने । बुध्दको जीवनसँग सम्बन्धित ऐतिहासिक स्थलहरू राम्ररी अभिलेखित भए तापनि तिलौराकोट लगायतका पुरातात्विक उत्खनन् र अनुसन्धानले इतिहासको यो महत्त्वपूर्ण अवधिबारे धेरै थप कुराहरु प्रकाशमा ल्याउने अनुमान गर्न सकिन्छ ।
तिलौराकोटको उत्खननले खाडल र दरबारका पर्खालका अवशेषहरू फेला पारेका थिए । यि अवशेषहरूले प्राचीन शहरी बस्तीलाई प्रतिबिम्बित गर्दछन् । पुरातत्वविद्हरूले प्राचीन शाक्य राज्यको जीवन र संस्कृतिमा अन्तरदृष्टि प्रदान गर्ने माटाका भाँडा, गहना र अन्य वस्तुहरू जस्ता कलाकृतिहरू पत्ता लगाएका छन् ।
तिलौराकोट र यस वरपरका क्षेत्रहरूको भ्रमणले बुध्द धर्मको ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि पत्ता लगाउने अनुपम अवसर प्रदान गरेको छ ।
तिलौराकोट दरबारको परिसरमा धेरै पोखरी रहेको विश्वास गरिन्छ । परिसरको उत्तरपूर्वी तर्फ एउटा पोखरी आज पनि अवस्थित छ । चिनियाँ तीर्थयात्रीहरूले किल्ला भित्रको समाई मन्दिरको उल्लेख गरे, जहाँ पुरातन मूर्तिहरू टुक्राटुक्रा अवस्थामा फेला परेका थिए । पुरातत्वविद्हरूले धातु कार्यशालाहरू पनि पत्ता लगाए । कार्यशालाहरू हतियार र कृषि उपकरणहरू बनाउन र सिक्काहरू बनाउन प्रयोग गरिएको अनुमान गर्न सकिन्छ । यस क्षेत्रमा गरिएका उत्खनन्हरुमा प्राचीन सडकहरू भेटिएका छन् । प्राचीन सडकहरूको निर्माण सातौं शताब्दी ईसापूर्वदेखि छैठौं शताब्दीसम्मको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
बुध्दत्व प्राप्त गर्नु अघि सिध्दार्थ गौतमले दरबारमा भित्र विलासी जीवन बिताएका थिए ।दरबार बाहिरको संसारमा मानव पीडा, बुढ्यौली र मृत्युको वास्तविकता देखे पछि जीवनको गहिरो अर्थकोखोजीमा सिध्दार्थले आफ्नो बिलासी जीवन छोड्ने निर्णय गरे ।
सन् १९९६ मा युनेस्कोको अस्थायी सूचीमा समावेश भए तापनि बिगत एक चौथाई शताब्दीदेखि विश्व सम्पदाको मान्यता प्राप्त गर्न तिलौराकोट पर्खिरहेको छ । तिरौलाकोट निःसन्देह ज्ञानको मार्गमा एक कोशे ढुङ्गा हो । तिलौराकोटलाई युनेस्कोले अस्थायी सूचीमा राखेको एक चौथाई शताब्दी भन्दा बढि समय बितिसक्दा पनि विश्व सम्पदाको मान्यता प्राप्त नहुनु दुःखको कुरा हो ।
(लेखक सञ्चार
विज्ञ हुन् । इमेल: vidhukayastha@gmail.com)