केही खुसी, केही दुखका क्षणहरुले साइँलीको मन बोलिरहेको थियो । आफ्नो जिमीजेथाबाट जसरी निकालिएकी थिई त्यही ठाउँमा फेरी गर्वसाथ आउँदै थिई । साइँलीको हात समाएर सोमेल हिँडाइरहेको थियो ।
काठमाडौ। कुनै बेला धौलासिरीका पुन मगरहरुले बोल्ने भाषा बोल्दा राजाले नबुझेर रोक लगाईएको थियो रे । मातृभाषा बोल्नेहरुले षड्यन्त्र गरी मार्ने डरका कारण राजाले त्यसो गरेका थिए भनी काफलबोट बाजेले बेला बेला सुनाउने गर्थे । हुन पनि हो, पुन मगरका पूर्खाले ठकुरी राजालाई दण्ड स्वरुप निकै पटक पैसा तिरे भन्ने कुरा भने अलि ताजै सुनिन्थ्यो । जिजुबाजे बराजु मातृभाषा बोलेको थाहा पाएर राजाको मान्छेले जिब्रो थुतेर चार पैसा जरिमाना लगाएकाबारे आजभोली बुढापाकाहरुले अझै पनि भन्छन् । धौलासिरीका पुन मगर समुदायभित्र पनि आफ्नै खालको संस्कृति जीवित छ । यस समुदायले बिजोर बर्ष पारेर कुललाई पुज्ने गर्छन् ।
धौलासिरीका पुन मगरले भूमे पूजा, माघे, सकराति, साउने सकराति जस्ता पर्वमा चेलीबेटीलाई मिठो मसिनो खुवाउँने चलन पनि निरन्तर दिएको पाउँछौं । गाउँ घरमा लाहुरे को रवाफ बढो अचकिलो हुनेगर्दछ । लाहुरे भन्ने बित्तिकै सु-सम्पन्न भएको ठान्ने हाम्रो समाज लाहुरे जाने चलनचल्तीनै छ । लाहुरे जीवन कति कष्टप्रद छ भन्ने हेक्का हुदैन् ? लडाइँमा ज्यानको बाजी नै थाप्नुपर्छ । यस्ता कुराहरु गाउँका युवाहरुलाई केही थाहा हुन्न् । गाउँबाट भर्ती हुन गएका कतिपय युवाहरु गाउँ नफर्केको बिषय पनि खासै महत्व छैन् । बुढापाका लाहुरेले बताएको त्यो बिरानो देशको युद्धमार्च गरेका, कुशलता बहादुर देखाए बापत तक्मा बिभूषित भएका । युद्ध क्रममा ठूला ठूला पानी जाहाज, मोटर गाडी अनि हवाईजहाजमा यात्रा गरेको कुराहरुले युवाहरुलाई सपना बुन्न जोस पलाएको छ ।
म्याग्दीका पुन मगरहरु ज्येष्ठ महिना परम्परागत रुपमा मनाउँदै आईरहेको लोपोन्मुख भीमसेन पूजा पुज्ने चलनचल्ती बेगगाउँ निरन्तर छ । पूजाको दिन सबै गाउँले काम छोडेर सिरानको भिमसेनथान धुपी सल्लाको रुखमा भेला हुने गर्दछन् । भीमसेन देउतालाई पूज्न भने पुजारीहरु मात्रै तयार हुन्छन् । पूजाको दिन पुरुषहरुले कालो, सेतो, र रातो कमेरो माटोले अनुहार, शरीर, हात, खुट्टा सबै ठाउँमा धर्सो धर्सो बनाई आफूलाई नचिनिने गरि लितपोत गरिन्छ । पूजारीहरू जोगी को भेषमा (स्थानीय भाषामा पूजारीलाई ‘पारे’ भनिन्छ) अर्थात्, भीमसेनको दूत बनेर घरघर पस्ने विश्वास गरिन्छ। यसरी भीमसेन पूजाको दिन पूजारी सबैको घरघर पस्दा रोग, व्याधी र पिरमर्काबाट मुक्त हुने जनविश्वास पुन समुदायमा रहेको छ । यसरी कथालाई मोड देऊँ सुर्जे र साहिली को छोरो सोमे सानै हुँदा बावु बिहिन हुन्छ । साहिली’ले दुख सुख गरि हुर्काई बढाई ठुला बनाउँछे । सोमे हर्लक ठुलो बढ्दै जान्छ । समय सँगै सोमे लाहुर पल्टनमा भर्ति लाग्छ । सोमे पल्टने छुट्टीमा घर फिर्छ, सोमे आएकोमा जिम्मालको घरमा खुसिले उमंग छाउँछ । सोमे एकछिनमा आउँछु भनेर साहुका पुग्छ ।
बले र जुठे साहुको नजिक गुन्द्रीमा बसिरहेको थिए । बुढौलीको रेखा तिनै जनाको अनुहार कपालमा झल्किरहेको थियो । तिनी निकै बुढो भएका थिए । साहु हुक्का तान्दै थिए । त्यहि बेला सोमे टुपुक्कम आईपुग्छ । लाउरे डे्रसमा कम्मरमा खुकुरी भिरेर उसैको नजिक उभियो सोमे । सोमेले बालाई खाली कागजमा औठा छाप लगाएदेखि सुर्जेको घर खेत साहुले खाईदिएको, साइँलीलाई निकालेको बिगत सम्झिन्छ । सोमेले साहु तिर हेर्दै सानका साथ भन्छ, म मेरो बोउ बाजेको जिमीजग्गा फिर्ता गर्न आको हुँ । नमच्चिने पिंग सय झड्का जग्गा फिर्ता लिन त चाहियो नि खनखन्ती पौइसा ? भनिसकेर बले साहुतिर फर्कियो । खाइपाई गरिरहेको जग्गा र बसिरहेको घर अब सोमेले फिर्ता लैजाने भो भनेर जुठे निन्याउरो थियो । बलेको कुरा सुनेर साहु उसैलार्ई हेरिरहे । बले’ले लिखितम् गरेको कागज झिकेर साहुलाई हेरिरहेको थियो । बले’ले कागजलाई झिकेर साहुको इसारा पर्खिरहेको छ । त्यति नै बेला सोमे अगाडि बढेर कागज खोस्छ । बले तर्सिन्छ । सोमेले हिसाबअनुसार साहुको अगाडि पैसाको पोका फालिदियो । कागजलाई टुक्राटुक्रा पारेर सोमे त्यहा बाट हिड्छ ।
सधै हिँडिरहने गाउँ बाटो जिम्माल, साइँली र लाउरे सोमबहादुर सँगै हिड्दै थिए । साइँलीको मनभित्र धेरै कुराहरु खेलिरहेको थियो । केही खुसी, केही दुखका क्षणहरुले साइँलीको मन बोलिरहेको थियो । आफ्नो जिमीजेथाबाट जसरी निकालिएकी थिई त्यही ठाउँमा फेरी गर्वसाथ आउँदै थिई । साइँलीको हात समाएर सोमेल हिँडाइरहेको थियो ।
पुख्र्योली घर नजिक आएर साइँली टक्क अडिइए । साइँलीले घरको चारैतिर हेरी । घरबाट निस्कँदाको त्यो क्षण सम्झि । सुर्जेसँग बोलेको, काम गरेको याद गर्छे ।आँगनमा फुपूसँग बसेर कुरा गरेको याद गर्छे र सानो छँदा सोमेलाई आँगनमा तातेगरी हिँडाएको सम्झी । उभिइरहेको छोरा लाई हेर्छे । साइँलीको आँखामा खुसी र हर्षको आँसु बगेका थियो । सोम बहादुरले साइँली र जिम्माललाई आफ्नो पुख्र्यौली घरको आँगनमा पुर्यायो । साइँलीले घरलाई राम्रो सँग नियाल्छे । छोरा तिर फर्केर भन्छे, तेरो बाले गर्न नसकेको काम तैले गरिस् छोरा ।तेरो पितृरु जिजेबाजे, बाजे, बाजैरु कति खुसी भा होलान् आज । साइँली’ले भाग्यमानी भएस्, सोमे लामो सास लियो । उनीहरु घरको मूल ढोकालाई पालैपालो ढोक्दै घर भित्र पस्छन् । निर्धाको पनि दिन आउँने रहेछ भन्थे हो रहेछ । भन्दै जिम्माल मनमनै गुम्साउँछन् । यसरी मेजन पुनले धौलागीरी अर्थात धौलासिरी हिमाल आसपासका पुन मगर समुदायको रहनसहनलाई उत्खन्न गरि उपन्यास मार्फत चर्चा गरेका छन् । यस धौलासिरीमा मुखिया, साहुबुढा र जिम्माल को मुख्य भुमिका रहेको उपन्यास धौलासिरीले बहुत मस्तिष्क नै हलचल गरिदियो । पढ्दा पढ्दै आँखा बाट आशु बररर झरेको पत्तै पाएन छु । यस उपन्यास गाउँले जिवनमा आधारित छ ।
गण्डकी प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोरे गुरुङज्यु धौलासिरीसँग |
बाबु बितेपछि अचानक छोरो माथि सम्पूर्ण जिम्मेवारी आएपछि, ऋणको बोझले थलथलिएर मुग्लान पस्न बाध्य हुनु । साहुको ऋणी तिर्न ३ बर्ष भाका सुर्जेले पाउँनु । ऋण तिर्नकै लागि सुर्जे मुग्लान भासिनु । २ बर्ष सम्म पनि सुर्जे को बेखबर हुनु । अलि अलि साहुलाई बुझाउन र परिवारको लागि धन कमाएर घर फिर्दै गर्दा बाटोमा लुटिनु मारिनु । सुर्जे को लास होटल साहुनी सुर्जे को लास होटल साहुनीले छिमेकको साहारमा अन्त्यसंस्कार गरिदिनु । घरमा जलेको खरानी र उसको लत्ताकपडा घर पुग्नु । गाउँले मिलेर खरानी लाई डाडामा दफन गरिएिको । आर्को दिन साहु अएर ऋण तिर्न नसकेर साहुले घर खेत खाईदिनु यस्ता यस्तै सामाजिक मेल भएरै नै उपन्यास भित्र बढो रोचकता पाएको छु । सायद मेरो शब्दशैली सरता भएपनि पुस्तका पात्रलाई बुझिने भाषामा समिक्षा गरेको छु । मेजन पुन द्धारा लेखिएका दर्जनौ पुस्तकहरु मध्य एक उत्कृष्ट उपन्यास धौलासिरी पनि हो । यस उपन्यास शसक्त रुपमा लेखिएको छ । नयाँ यात्रामा मसिका डोबाहरु ले सफल तुल्यउनु । नयाँ उपन्यासहरु खारिएर आउँने बिश्वास्त लिएको छु ।