– महावीर फगामी, रामोन मागासेसे पुरस्कार बिजेता
२०११ साल राम्चे गा.वि.स. नाङ्गीमा जन्मेका महावीर फगामी पुन मगरको नि.मा.वि. तहसम्मको पढाई गाउँमै भएको थियो । ब्रिटिस गोर्खा लाहुरे बाबा (२११४३५४८– ६ जी.आर.) चितवनको वीरेन्द्रनगर गा.वि.स.मा केटाकेटीहरुलाई पढाउनैको लागि बसाई सरेकाले महावीरले खैरेनी मा.वि.बाट २०२७ सालमा एस.एल.सी. र काठमाडौं अस्कल क्याम्पसबाट आईएस्सी उतीर्ण गरे ।
२०४३ सालमा एसएलसी परीक्षा लुज गरेको आरोपमा तत्कालिन सिडिओले हिरासतमा राखेपछि पुनले जागिर नखाने प्रण गर्दै १३ वर्षको अध्यापन पेशा त्यागेका थिए । यस लगतै उनी छात्रवृत्तिमा अमेरिकाको नेब्रास्का युनिभरसिटी भर्ना भए । शैक्षिक प्रशासनमा स्नातक गरी २०४८ सालमा गाउँ फर्केका पुनले २०५३ सालमा सोही विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।
गाउँ पुगेपछि भाङ्ग्रा भिरेको, हाफ पाइन्ट लगाएको र खाली खुट्टा काम गरिरहेका पुनलाई गाउँलेहरूले शुरुमा पत्याएनन् । अमेरिकामा पढेका मान्छे ठूलो जागिर मात्र खान्छन् भन्ने उनीहरूले सोचेका थिए– जो पुनले गरिरहेका थिएनन् । केहीलें यो महावीर पागल हो यो एजेन्ट पनि हो भनेका थिए । आत्मविश्वासी र सरल स्वभावका पुन आलोचना नसुनी काममा जुटिरहे ।
स्कुलमा सुधार
नाङीमा गाउँलेहरू नि.मा.वि.लाई मा.वि. तह सम्म बनाउन चाहिरेका थिए जसमा महावीरले सघाए– २०४९ सालमा हिमाञ्चल मा.वि. सञ्चालन भयो । पुनले त्यहाँ स्वयम्सेवा गर्न आउन आग्रह गर्दै नेब्रास्का विश्वविद्यालयको वेभसाइटमा एउटा पन्ना सिर्जना गरे । त्यसपछि स्वयंसेवी र सहयोग आउन थाल्यो । अहिले विद्यालयमा व्यवस्थापन तथा शिक्षा विषयमा प्लस टु पढाइ हुन्छ । ६० भन्दा बढी कम्प्यूटर छन् जसबाट कम्प्यूटर विषय पढाइन्छ ।
८ कक्षा माथिका सबै विद्यार्थी छात्राबासमा बस्नुपर्ने नियम छ । उनीहरूलाई पढाइका अतिरिक्त ६ महिने सिकर्मी, डकर्मी र सिलाइ–कटाइ तालिम अनिवार्य गरिएको छ । अञ्चलकै नमुना मानिएको हिमाञ्चल उच्च मा.वि. अचेल कतिपयका लागि ‘शैक्षिक तीर्थस्थल’ समेत बनेको छ ।
बेतारे सञ्जाल
पोखराबाट नाङीसम्म बेतारे सम्पर्क गर्न झन्डै ४२ सय मीटर उचाइको मोहरे डाँडामा एन्टेना स्थापना गरिएको छ । सञ्जाल सिर्जना गर्न महावीर र उनका स्वदेशी/विदेशी स्वयंसेवक मित्रहरुले टीभी डिसएन्टेना, गाउँमा फालिएका सिलट र स्टिलका सामग्री उपयोग गरेका छन् । बेतारे सञ्जालको मुख्य स्टेसन पोखराको नदीपुरमा छ । मोहरे डाँडाबाट एउटा नाङी, राम्चे, लोप्रे र हिस्तानमा सम्पर्क हुन्छ । ३ हजार ६ सय ५० मिटर अग्लो खोप्रा लेकमा अर्को रिले स्टेसन छ– जसबाट घोडेपानी, शिख, पाक्दार, घार, हिस्तान, दाना, बेग, बाँदुक र खिवाङ तथा कास्कीको चन्द्रकोटमा सम्पर्क हुन्छ भने अहिले बेनीको माथि डाँडामा अर्को एन्टेना राखेर त्यो भेगको मा.वि. तथा गाउँहरुमा सम्पर्क भईरहेको छ ।
सञ्चार सुविधा
बेतारे सञ्जालले हिमाञ्चल मावि, देउराली निमावि, शिख, पाक्द्वार मावि, मुक्तिमार्ग मावि, टिकोट मावि, प्रभा निमावि, बेग, बाँदुक, दाना, घोडेपानी र खोप्रा लेक पर्वतको लोप्रे र कास्कीको चन्द्रकोटका स्थानीयबासीलाई (सञ्चार सुविधा दिइएको छ । ३ हजारभन्दा बढी विद्यार्थी, शिक्षक र धेरै गाउँलेलाई इमेल गर्न सुविधा प्राप्त ८भएको छ ।
खोप्रामा एउटा घरमा इन्टरनेट क्याफे छ जसले खबर बराह, काली बराहलगायतका हिमताल हेर्न अराउने पर्यटकलाई सस्तोमा सुविधा दिइएको छ । एकजना व्यक्तिलाई मासिक ४ हजार दिएर त्यो क्याफे र रिलरे स्टेसन हेर्न जिम्मा लगाइएको छ । ती व्यक्तिले चौरी पनि पाल्ने भएकोले धेरैले चौरी गोठमा समेत इन्टरनेट भनी यो आयोजनाको वर्णन गर्ने गरेका छन् । सञ्जाल भित्रको इन्टरनेट चलाउँदा विदेशीलाई प्रति मिनेट ५ र नेपालीलाई २ रुपियाँ लाग्छ ।

टेलिमेडिसिन
नाङी गाउँमा टेलिमेडिसिन सेवा थालिएको छ । कम्प्यूटर फोनबाट बिरामीले पोखराका डाक्टरलाई रोगको लक्षण बताउँछन्, डाक्टरले औषधी सिफारिस गर्छन् । त्यसका आधारमा गाउँका स्वास्थ्यकर्मीले बिरामीलाई औषधी दिन्छन् । गाउँलेले एक स्वास्थ्यकर्मी राखी हेल्थ क्लिनिक चलाएको छ । त्यहाँ उपचार हुन् नसक्ने र आपतकालिन अवस्थामा टेलिमेडिसिनको सहायता लिने गरिएको हेल्थ क्लिनिककी लीला पुनले बताइन् । डाक्टरसँग परामर्श गर्दा पैसा लाग्दैन तर औषधी दिएकोमा शुल्क लगाइन्छ । औषधीको रकम तिर्न नसक्ने तथा विपन्न परिवारलाई विद्यालयका विभिन्न आवश्यकतामा श्रमदान गर्ने गरी उपचार गरिन्छ । यस्तै गरि अन्य स्थानमा पनि टेलिमेडिसन सेवा उपलब्ध गराईएको छ ।
तपाईले गरेको खास काम के हो त ?
– यसलाई ‘वाई फाई’ प्रविधि भनिन्छ, जुन वायरलेस प्रविधिकै अङ्ग हो । धेरै मान्छेलाई के भ्रम भएको छ भने ‘यो महावीर पुनले नयाँ आविस्कारे ग¥यो कि क्या हो ?’ तर त्यो गलत हो । मैले गरेको केही पनि होइन । कति मात्रै हो भने बजारमा भएको टेलिफोन र इमेल–इन्टरनेटलई गाउँमा पु¥याइदिएँ । यही वायरलेसलाई प्रयोग गरेर कति आईएसपी (इन्टरनेट सर्भिस प्रोभाइडर) हरूले पैसा कमाइरहेका छन् । मर्केन्टायल, वर्ड लिंकजस्ता थुप्रै आईएस्पीले पैसा कमाए पनि उनीहरू गाउँमा छिर्न चाहेनन् । मैले यसलाई गाउँमा पु¥याइदिएँ । पोखरामा भएको इमेल, इन्टरनेट र टेलिफोनलाई म्याग्दीको गाउँमा पु¥याए । त्यसो गर्दा मलाई कति फाइदा हुन्छ भनेर मैले कुनै व्यापारिक नाफाघाटा निकालेर काम गरिनँ । मेरो लगानी कहिलेसम्म उठ्छ भनेर मैले सोचिनँ । यो प्रविधि गाउँमा पु¥याइदिए गाउँलाई सुविधा हुन्छ भन्ने कुरा मात्रै मैले सोचें ।
त्यसमा लाग्ने पैसा कहाँबाट जुटाउनुभयो ?
– यसमा विदेशी स्वयम्सेवकहरूको धेरै ठूलो योगदान छ । कोही विदेशी स्वयंसेवकहरू आपैm आएर प्राविधिक रूपमा सहयोग गरे । नेपाल नआउने विदेशी साथीहरूले टुक्राटुक्रा उपकरणहरू पठाए । जसले जे पाउँछ, त्यही सहयोग गरेका कारण यो सब सम्भव भएको हो । मैले जुन प्रविधि प्रयोग गरें, त्यतिबेला त्यो नेपाली बजारमा किन्न पाइन्नथ्यो । किन्न, आयात गर्न र प्रयोग गर्न नै लाइसेन्स चाहिन्थ्यो । त्यसैले ती सामानहरू बजारमा पाइन्नथे । द्वन्द्वकाल भएका कारण त्यस्ता सामान राख्न सबै डराउँथे ।
तपाईको यो आयोजनाबाट म्याग्दीका जनताले खास के सुविधा पाएका छन् ?
– अहिले इमेल, इन्टरनेट र टेलिफोनको सुविधा पाएका छन् । इन्टरनेटबाट डाउनलोड गर्न पाइने सामग्रीहरू नेपालीमा छैनन् । अब नेपालीमा ‘कन्टेन्ट’ विकास गर्नको लागि काठमाडौंमा कुराकानी भइरहेको छ । अहिले विद्यार्थीका लागि सामान्य सन्दर्भ सामग्रीहरू इन्टरनेटबाट डाउनलोड गर्न सकिन्छ । अब यही प्रविधिबाट स्कुलमा पढाउने कुरा परीक्षणमा छ सफल होला जस्तो छ । एउटा स्कुलमा पढायो भने अरु स्कुलमा टीभी स्क्रिन हुन्छ त्यसबाट हेर्न मिल्ने गरी हामी विकास गर्दैछौं । यसमा दुईतर्फी सञ्चार हुन्छ, टेलिभिजनजस्तो एकतर्फी हुँदैन । नबुझेको कुरा विद्यार्थीले आफ्नै स्थानबाट उठेर सोध्न सक्छ ।
धेरै जना अशिक्षित रहेको ठाउँमा कम्प्यूटर प्रयोग कत्तिको प्रभावकारी भएको छ ?
– उनीहरूले आपैmले नजाने पनि अरुलाई लेख्न लगाएर आफ्ना कुरा पठाउँछन् । खासगरी विदेशमा रहेका आफन्तहरूलाई खबर आदानप्रदान गर्नका लािग ‘याहु म्यासेन्जर’ निकै प्रभावकारी भएको छ । यो सस्तो र सजिलो छ । त्यसैगरी हामीले टेलिमेडिसिन शुरु गरेका छौं । पोखराबाट दुइटा सेन्टरमा टेलिमेडिसिन सञ्चालन गरेका छौं ।

गाउँमा यी जम्मै कुरा गर्नुपर्छ भनेर तपाईको दिमागमा कसरी आयो ?
– बिस्तारै–बिस्तारै आउँदो रहेछ । शुरुमा गाउँमै बसेर इन्टरनेट चलाउन पाएको भए भन्ने लाग्थ्यो । पछि अरु कुरा पनि बिस्तारै हुँदै गए । इन्टरनेट आएपछि यसैबाट टेलिफोन र भिडियो पनि प्रसारण गर्न सकिंदो रहेछ भन्ने थाहा भयो । एउटै वायरलेन्स टेलिफोनबाट एकैपटकमा इमेल, इन्टरनेट, फोन र भिडियो पनि चल्दोरहेछ भन्ने थाहा भो । यी सबै कुरा गर्दै जाँदा जानिंदो रहेछ । गाउँमा टेलिफोन पुगेको भए कति काम गरिन्थ्यो भनेर भद्रकालीमा टेलिकमको कार्यालय गएर ‘हाम्रो गाउँमा फोन कहिले जान्छ ?’ भनेर सोध्दा ०६५ सालमा जान्छ भन्ने थाहा भयो । यो भन्दा अगाडि नै केही गर्न सकिन्छ कि भनेर म यस काममा लागेको हुँ ।
म्याग्दीमा यो प्रविधि कसरी बिस्तार भयो ?
– मैले यो काम सन् २००१ मा शुरु गरेको हुँ । पहिलोपटक २००२ मा नाङ्गीमा परीक्षण सफल भयो भने २००३ मा वरिपरिको गाउँमा जोडियो । २००४ मा ५ वटा गाउँमा यो प्रविधि पुग्यो । गरीबी निवारण कोषले सहयोग गरेपछि अरु गाउँमा पनि फैलियो ।

यो काम कत्तिको टिकाउ र यसमा लाग्ने खर्च कसरी धान्नुहुन्छ ?
– हामीले यसको जिम्मा स्थानीय जनतालाई नै दिएका छौं । आईएसपीलाई पैसा बुझाउनुपर्छ । गाउँमा सेन्टर राखेपछि त्यसका लागि मान्छे राख्दा खर्च लाग्छ । यसका लागि पैसा गाउँलेले नै जुटाउँछन् । मान्छे चुन्नेदेखि सबै काम गर्ने जिम्मा गाउँलेकै हो । हामी अरु एनजीओले जस्तो ‘यसो–उसो गर्नुपर्छ’ भन्दैनौ । सबै जिम्मा जनतालाई नै दिन्छौं । उनीहरूले नै आपैm सबै व्यवस्था गर्छन् । कुनै ठाउँमा यस्तो काम स्कुलले गरिरहेको छ, कुनै गाउँमा आमा समूहले, कुनै गाउँमा युवा क्लबले, कुनै गाउँमा यसैका लागि समूह बनेका छन् । यो पनि हामीले भन्दैनौ, उनीहरू आपैm गर्छन् । आईएसपीलाई महिनामा १० हजार तिर्नुपर्छ । त्यो खर्च सबै सेन्टरलाई भाग लगाइन्छ । पाँच सयदेखि १५ सय रुपियाँसम्म तिर्नुपर्छ । टेलिफोन गर्दा अलिकति बढी पैसा लिने र त्यसैबाट काम चलाउने गरिएको छ । जस्तो काठमाडौं फोन गर्दा सेन्टरले १० रुपियाँ लिन्छ । जबकि टेलिकमले साढे पाँच रुपियाँ जति लिन्छ । बाँकी रकम त्यही जम्मा हुन्छ । सेन्टरहरूले निकै राम्रो आम्दानी पनि गरिरहेका छन् ।
तपाई शिक्षक पेशा छाडेर कसरी अमेरिका पुग्नुभयो ?
– ०४२/०४३ सालतिर म चितवनमा शिक्षक थिएँ । त्यतिबेला रामकृष्ण पन्त सिडिओ । एसएलसी परीक्षामा म रनिङ्ग गार्ड थिएँ । विद्यार्थीकै अगाडि सिडिओले हकारेपछि मैले प्रतिवाद गरें । ‘के खोजेको थुन्दिऊँ ?’ भनेर उनले धम्क्याएपछि मैले ‘थुन्नुहन्छ भने थुन्नुहोस् ।’ तर गल्ती भएमा एकान्तमा छुट्टै कुरा गरे हुन्छ, विद्यार्थीका अगाडि हकार्न पाइँदैन’ भनें । त्यतिबेला त केही गरेनन् । तर दुई–तीन दिनपछि पक्राउ गर्न लगाएर ७–८ दिनसम्म खोरमा पुलिसले थुन्यो । ‘किन थुनेको मलाई ?’ भनेर इन्स्पेक्टरसँग सोध्दा ‘सिडिओले थुन्न लगाएको हो’ भन्थ्यो । पछि त्यसै छाडिदियो । घर फर्किन बसपार्कमा बस कुरिरहेको बेला पछाडि आएर एउटा गाडी रोकियो– उनै सिडिओ रहेछन् । ‘एई तेरो खबर ठीक छ । घर जान लागिस् ?’ भन्यो । ‘ठीकै छ मलाई बिनाकारण थुन्नुभयो’ भनें । यही कारण, मैले शिक्षण पेशा छाडेको हुँ । रामकृष्ण पन्तलाई भेटेर धन्यवाद दिन खोज्दैछु ।
अमेरिकामा पढेको मान्छे, किन नेपाल फर्किएर त्यो दुर्गम गाउँमा पुग्नुभयो ?
– मलाई अमेरिका पुग्ने बित्तिकै थाहा भएको थियो, त्यो बस्ने ठाउँ होइन रहेछ । टिक्नलाई अर्काको नोकरी गर्नैपर्छ । मलाई त्यसो गर्नै मन लागेन । अरु अन्तर्गत रहेर निर्देशन पालना गर्ने स्वभाव ममा छैन– म अरुको हुकुम नमान्ने स्वभावको छु ।

तपाईको लक्ष्य के हो ?
– नेपालभरि कम्प्यूटरको बेतारे सन्जाल पु¥याउने । कर्णालीका समेत १७ जिल्लाभरि पु¥याउन एउटा मास्टर प्लान सूचना तथा सञ्चार मन्त्रालय मार्फत योजना आयोगमा पठाएको एक महिना भयो । मकवानपुरका ७ वटा गाउँमा काम थालिएको छ । पाल्पा, मुक्तिनाथ र इलाममा पनि सघाउन संस्थाहरूले चाहना देखाएका छन् ।

शिक्षा र आय–आर्जनमा के गर्नुभएको छ ?
– शुरुमा गाउँ फर्केर हाईस्कुल स्थापना गर्न गाउँलेलाई सघाएँ । अमेरिकाबाट फर्केको गाउँमै बस्ने मेरो कुरा धेरैले पत्याउँदैनथें । उनीहरूले मसँग पैसा होला भनेर एक दुई लाख चन्दा चाहेका थिए । मैले पैसा छैन बरु पढाउँछु भनेर पढाउन थालें । हाईस्कुल राम्रो हुँदै गयो । पछि प्लस टु थालियो । रोजगारमूलक तालिम दिन थालेका छौं । अहिले म पिरियड लिएर पढाउँदिन तर पढाउने काम बन्द भएको छैन । चक डस्टर नलिइकनै गाउँलाई पढाउँछु । आय–आर्जनमा चौंरी पालन, चीज उत्पादन, हाते कागज बनाउने जस्ता काममा ४ वटा गाविसका केही गाउँलेले सफलतासाथ काम गरिरहेका छन् ।
म्याग्दीको मान्छे, चितवनमा कसरी ?
– सानै छँदा मलाई शिक्षा दिलाउन बाबा चितवन बसाइँ सर्नुभएको थियो । चितवन झरेको पनि ४० वर्ष भइसकेछ । आमा–बाबा, भाइ, बहिनी र परिवारको जमघट होइन्छ । आमाको ममताले चितवन पु¥याउँछ, जन्म घरको ममताले म्याग्दी– जो मेरो खेल मैदान बनेको छ । त्यहाँ म सञ्चार, कृषि, पशुपालन र पर्यटनका विविध गेममा होमिएको छु । हारेको छैन, सिक्दैछु र जित्दैछु । तर सबै जिल्ला मैले काम गर्ने रंगशाला हुन् ।

तपाईका बाबाले तपाईलाई पढाउन गरेको मेहनत प्रशंसनीय छ ।
– जसरी भए पनि पढ्नै पर्छ भन्ने ढिपी गर्नुहुन्थ्यो । बुढालाई कसरी त्यस्तो विचार आयो थाहा छैन । तर पढ्न निकै प्रेरित गर्नुभयो ।
(पुरानो तथा अझै पनि किफायती सामाग्री भएको हुँदा राख्न उचित ठाने र तपाईको लागि कोसेली)