- विधुप्रकाश कायस्थ
सन् १८१५ मा भएको अंग्रेज–नेपाली लडाइमा नेपाली सेनाले ब्रिटिससेना माथि विजय प्राप्त गरेको खुशियालीमा कर्णेल उजिरसिंह थापा मगरले तानसेनका अराध्य देवी भगवतीलाई अर्पण गरेको रणोज्जेश्वरी जात्रास् अहिले सम्म अबिछिन्न चल्दै छ । सन् १८२० साल देखि निरन्तर कृष्ण जन्माष्टमीको भोलिपल्ट यो भगवतीको
जात्रा हुँदै आएको छ । कर्णेल थापाले
लडाइ मैदानमा निस्कनुअघि देवीलाई पूजा अर्चना गरी विजयी भएमा उनको नाममा भव्य
मन्दिर बनाउने र प्रत्येक वर्ष राज्य सम्मानका साथ उल्लासमय रथयात्रा निकाल्ने
वाचा गरेका थिए । मेजर जनरल जोन सुलिभान वुडको नेतृत्वमा ४००० ब्रिटिश सेनामाथि
नेपाली सेनाको विजय पछाडि देवीको आशीर्वादका साथै अन्य कारक मध्य २१ वर्षीय नेपाली कमाण्डर कर्णेल थापाको कुशल नेतृत्व थिए ।
तुलनात्मक रूपमा कम सैनिक संख्या र न्यून परम्परागत हतियार आडमा नेपाली सेनाको लडाइ
रणनीतिले ब्रिटिश सेनामाथि नेपाली सेनाले बिजय प्राप्त गरेको थियो ।
जितगढीको लडाइ
सन् १८१४-१८१६ को एङ्ग्लो-नेपाल लडाइ ब्रिटिश ईस्ट
इन्डिया कम्पनी र नेपाल अधिराज्य बीचको एक महत्वपूर्ण सैन्य संघर्ष थियो। यस लडाइको
समयमा पाल्पा जिल्लाको बुटवलमा रहेको जितगढीको लडाइ एक उल्लेखनीय लडाइ हो ।
जितगढीको लडाइ वर्तमान
नेपालको पाल्पा जिल्लाको बुटवलमा अवस्थित रणनीतिक किल्ला जितगढीमा भएको थियो। ब्रिटिश ईस्ट इन्डिया कम्पनीले दक्षिण एसियामा
आफ्नो क्षेत्र र प्रभाव विस्तार गर्न खोज्यो। नेपाल अधिराज्यले तराईको मैदान र
नेपाल र ब्रिटिश भारतबीच ऐतिहासिक रूपमा विवादित अन्य भूभागहरूमा आफ्नो प्रभुत्व
विस्तार गरिरहेको थियो। अंग्रेजहरूले रणनीतिक स्थानहरू कब्जा गर्ने र नियन्त्रण
स्थापित गर्ने उद्देश्यले यस क्षेत्रमा नेपाली सेनाहरू विरुध्द आक्रमण सुरु गरे।
जितगढीको युद्ध यस आक्रमणको क्रममा महत्त्वपूर्ण संलग्नता थियो । जितगढीको लडाइमा थापा नेतृत्वको सेनाले बिस १८७२ वैशाख ७ गते जितगढीमा अंग्रेजलाई पराजित
गरेको थियो । लडाइमा जानुअघि उनले भगवतीसँग ठुलो मन्दिर बनाउने र विजयी भए
खटजात्रा सुरु गर्ने वाचा गरेका थिए ।
पाल्पाका लेखक निर्मल
श्रेष्ठका अनुसार कर्णेल उजिरसिंह थापाले विसं १८७२ मा निर्माण सुरु गरी विसं १८७६
मा तीनतले मन्दिर निर्माण सम्पन्न गरेका थिए । आफ्नो भाकल पूरा गरेपछि उनले मन्दिर
बनाए ।
मन्दिरमा सूर्य देवता, भगवान विष्णु, एक शिव लिङ्ग
र भगवान गणेशले चार कुनाहरूमा घेरिएको एक भित्री परिक्रमा मार्ग छ । देवीको मौलिक
मूर्तिलाई दर्शनबाट टाढा भित्री गर्भगृहमा राखिएको छ र १९ औं शताब्दीको ३६ इन्च अग्लो आठ विभिन्न धातुहरू (अष्टधातु) बाट
बनेको मूर्तिको पूजा गरिन्छ । मूर्तिले भगवतीलाई भैंसी बध गर्दै रहेका सिंहलाइ
आसनमा देवी भगवती १८ हातहरू सहितको मूर्ति छ । यो नेपालको सबैभन्दा ठूलो हिन्दु चाड विजयादशमीमा भगवतीको पूजा गर्ने तानसेनको मुख्य देवी पनि हो ।
हिन्दु मन्दिरका
पुजारीहरू बज्रयाणी पंथका बौध्द धर्मावलम्बी हुन् जसले हिन्दू देवीको दैनिक
अनुष्ठानको रेखदेख गर्छन् । यो देशमा धार्मिक सद्भावको एक विशिष्ट उदाहरण हो । सन्
१९३४ को भूकम्पमा मन्दिरमा क्षति पुगेको थियो तर सन् २०१५ को ‘गोरखा’ भूकम्पबाट
जोगिएको थियो । यसले सन् १८२९, सन् १८८०, सन् १९४२ र सन् १९७४ मा गरिएका पुनर्निर्माणका
धेरै चरणहरू पार गरेको छ । कर्णेल उजिरसिंह थापाले मन्दिर र वार्षिक रथयात्रा
सञ्चालन गर्न करिब ५०० एकड जमिन छुट्याएर गुठी (ट्रस्ट) स्थापना गरेका छन् । पाल्पाका
बरिष्ठ बुध्दजीबी छत्रराज शाक्यका अनुसार मानवजातिलाई
दु:खदिने राक्षसहरुलाई देवी भगवतिव्दारा
परास्त गरेको खुशियालीमा मनाइने धेरै जात्राहरुको प्रचालन नेपालमा रहे तापनि
अंग्रेजसेनालाई लडाइमा परास्त गरेको खुसियालीमा मनाइने जात्रा पाल्पाको रणोजेश्वरी भगवती जात्रा
एक मात्र जात्रा हुन सक्छ ।
कोरोनाको
जोखिमलाई दृष्टिगत गर्दै जात्रालाइ सन् २०२० मा एक पटक स्थगन गरेको बाहेक सन् १८२० सालदेखि अबिछिन्न मनाउदै आएको रणोजेश्वरी भगवती जात्रा निश्चयपनि राष्ट्रिय गौरबको जात्रा हो । लेखक निर्मल श्रेष्ठका अनुसार परम्परादेखि
चलिआएको पाल्पा भगवती जात्रामा राष्ट्रियता खामिएको गौरवमय इतिहासलाई अब
क्यापिटलाइज गर्ने बेला भएको छ ।
तानसेन विश्व सम्पदाको मान्यताको दावेदार
तानसेन नेवाः र मगर सभ्यताको
जीवित सम्पदा र वास्तुकलाको प्रमाण हो । सेन अवधि (15 औं शताब्दी 18 औं शताब्दी) देखिका
विभिन्न भग्नावशेषहरू पाउन सकिन्छ। मध्यकालिन बस्तीले भैरब मन्दिर, पुरनकोट दरबार, श्रीनगर दरबार, वंश गोपाल, मुकुन्देश्वर महादेव, अमर नारायण मन्दिर, रण-उज्जेश्वरी भगवती मन्दिर र
तानसेन डब्बर जस्ता धेरै मन्दिरहरू, गुम्बाहरू र
मूर्तिकलाहरू समेटेको छ। । तानसेनको मध्यकालीन सहरलाई काठमाडौं उपत्यका भित्रका
बस्तीहरूसँग तुलना गर्न सकिन्छ, तर यसको विशिष्ट इतिहास र
स्थानका कारण फरक महत्व छ। यहि बिशिष्ट गुणहरुको आधारमा नेपाल सरकारको पुरातत्व
बिभागले सन् २००८ जनवरी ३० मा तानसेनको मध्यकालिन बस्तीलाइ युनेस्को मापदण्ड नम्बर
३ ४ र ६ अनुसार विश्व सम्पदाको सूचीमा समावेश गर्न युनेस्कोमा आवेदन गरेको हो । यो
उद्येश्य परिपूर्ति गर्न पुरातत्व बिभाग,
तानसेन नगरपालिका, स्थानीय संघसस्थाहरु तथा बुध्दिजीबीहरुले पहल गर्न अब
ढिलो गर्नु भएन ।
(लेखक संचार विज्ञ
हुन्)