दुखलाई समेत घुडा टेकाएर आफनै जीवनसंघर्षमा रमाईरहेका मान्छेलाई खास के ले रुवाउँछ ? आफ्नो थातथलो लाई माया गरे बापत, उनीहरु कसरी पिडित भई रहे त ? आफनै भाषा संस्कार थातथालो मा रमाई रहेका मासिन्य समुदायको कसरी थातथालो खोसिन्छ त र?
बास्तवमा भन्नु पर्दा मासिन्य एक आधुनिक क्रान्तिकारी ढङ्गमा रुचिएको नाटक हो । मासिन्य आदिबासी जनजाति समुदायमा भईरहेको गतिबिधिलाई झकझकाउने एक माध्यम बनेको छ । यस नाटकमा मासिन्या समुदायको संस्कार संस्कृति भाषा धर्म माथि एकलजातिय राज्यले कसरी थिचोमिचो पारेको छ भन्ने बिषय नाटक मञ्चनमा देख्न सक्छौ । जातजाति ले भरिपूर्ण रहेको नेपाली समुदायमा आज भाषा धर्म संस्कार संकटमा पर्दैगईरहेको छ । कुनै पनि बिकासीत देशमा मौलिक जातिको भाषा धर्म संस्कार लोप हुँदा गएमा सो संरक्षण गर्ने काम राज्यले गर्न चासो राख्नु पर्छ । यसो गर्दा सबै जातजातिको भावना माथि राज्यको सम्मान भएको महसुश गर्न पाउँछन् ।
सञ्जय सिञ्जली मगर |
यस मासिन्य नाटक मा तामाङ समुदायको आफनै मौलिक कला सँस्कृति र परम्परामा बाँचिरहेको तामाङ समाजलाई निरकुंश राज्यब्यवस्थाले उत्पीडनको निशाना बनाउदै आएको तीतो यथार्थ बारे मञ्चान भएको छ । समयानुकूल तामाङ जातिमाथिको दमन फरक फरक स्वरुपमा हुँदै गईरहेको छ । आज कसरी आफनै स्वतन्त्र लयमा बाँचिरहेको तामाङ गाउँ बस्तीहरु राज्यको चरम उत्पीडन खेप्न नसकेर आफैन भूमिबाट बेदखल हुन बाध्य छन् रु अनाहकमा अनेकन आरोप र लान्छना लगाउदै कसरी शासनसत्तको चंगुलमा परेर तामाङ बस्ती जीवनहीन हुँदै उजाडिन पुग्छ ? हिजो जवर्जस्त तामाङजातिमाथि धोपारिएको मासिन्याको धङधङी आजसम्म रहेको र यो बिद्रुप अवस्था कहिले सम्म ?
तर बिडवन के छ भने, नेपालको हकमा १४२ जातजाति बसोबास रहेका २०७८को तथ्यङ्कले बताउछ । नेपालमा यति धेरै जातजाति बसोबास रहे पनि राज्यले कुनै पनि आदिबासी समुदायलाई संरक्षण्को नजरियले सम्मान दृष्टीकोण बाट हेरेको पाईदैन ।
यस मासिन्य कथा आफ्नै मौलिक भाषा संस्कार अनुसार कलाकारहरु ले नाटक मञ्चन गरेर ठुलो योगदान दिएका छन् । मासिन्य मतवाली अर्थात आदिबासी जनजाति समुदाय कति सम्म उत्पडीनमा परिरहेका छन् त । यसरी मतवाली समुदायलाई आफनै थतथलो छोड्न किन बाध्य गराईदै छ त भन्ने बिषयमा अनेकौ तर्कहरु नाटकमा समाबेश गरिएको छ । दुखलाई समेत घुडा टेकाएर आफनै जीवनसंघर्षमा रमाईरहेका मान्छेलाई खास के ले रुवाउँछ ? आफ्नो थातथलो लाई माया गरे बापत, उनीहरु कसरी पिडित भई रहे छन् ? आफनै भाषा संस्कार थातथालो मा रमाई रहेका मासिन्य समुदायको कसरी थातथालो खोसिन्छ त ? बिकासको नाममा पुर्खाले जोगाई राखेका ईतिहासको जग मेटिनु हुँदैन भन्दा आज राज्य बिहिन मासिन्य समुदाय जेल नेल पुग्नु पर्ने किन ? आज गाईगरु भगवान रुपमा पाल्न प्रोत्सान गरेर, अप्सोच पशुचौपाय मृत्यु भएको खण्डमा मारिएका झुटो आरोप लगाई तमाङ् समुदाय माथि ज्यादति किन कहिले सम्म ? यसरी यस्ता यस्तै बिषयमा मासिन्य रोचक र उत्कृष्ट नाटक बनेको छ ।