मगर समाजभित्र तीन वटा भाषा जीवित छ— ढुट, खाम–पाङ र काइके । ढुट र खाम—पाङमा त निकै काम भईरहेको पाइन्छ भने मगरकै अर्को भाषा काईकेमा कमै मात्रमा पुस्तक तथा यस भाषामा कमै काम भएको छ । वर्तमान समयमा खस नेपाली भाषामा उपन्यास लेखन गरि लेखकहरु कार चढ्ने भईसकेका छन् । तर विडम्बना— मगरका पुस्तकहरु जम्मा १ हजार प्रति छाप्दा पनि लेखकसँगै रहन्छ ।
मगर आदिकवि जितबहादुर सिंजाली र सुब्दार रेखबहादुर सारुबाट शुरु भएको मगर साहित्य र पुस्तक प्रकाशनको इतिहास त्यति टाढा होइन । र, पनि जति गतिलिनु पर्ने हो त्यति लिएको पाईदैन । मगर समाजभित्र तीन वटा भाषा जीवित छ— ढुट, खाम–पाङ र काइके । ढुट र खाम—पाङमा त निकै काम भईरहेको पाइन्छ भने मगरकै अर्को भाषा काईकेमा कमै मात्रमा पुस्तक तथा यस भाषामा कमै काम भएको छ । वर्तमान समयमा खस नेपाली भाषामा उपन्यास लेखन गरि लेखकहरु कार चढ्ने भईसकेका छन् । तर विडम्बना— मगरका पुस्तकहरु जम्मा १ हजार प्रति छाप्दा पनि लेखकसँगै रहन्छ । जब कि आधिकारिक रुपमा मगरको जनसंख्या १७ लाख र नेपाल मगर संघको भनाई अनुसार मगरको जनसंख्या ३० देखि ३५ लाख हो । यस बसाईमा हामी मगर भाषा र मगर विषयवस्तुमा प्रकाशित साहित्य कृतिका केही लेखकहरुसँग उनीहरुको अनुभव जान्ने प्रयास गर्ने छौं ।
मेजन पुन
मगर शब्द लेख्दा दीर्घ नै लेख्नु पर्ने, आधा अक्षर नलेख्ने, खुट्टा काट्नु पर्ने एउटा तर्क रहयो भने समय सापेक्ष हामी पनि केही सुधार गर्दै पढ्न सजिलो पार्न आधा अक्षर लेख्ने, साथै दीर्घनै लेख्नु नपर्ने भन्दै अहिले ढुट मगर भाषामा दुई अभिमत पाइयो भने अथार मगरात मगर भाषालाई खाम र पाङ कुन लेख्ने भन्ने अन्यौलता रहेतापनि कक्षा ५ सम्मको पाठयक्रममा मगर भाषा भनेर अगाडि बढेको कारण अलि सहजता रहेको पाईयो ।
१. टेकबहादुर पुन (नेपाल मगर लेखक संघ, के.स., निवर्तमान उपाध्यक्ष)
मगर पुस्तक— हामी मगर, मगर जाति र बुद्ध धर्म, मगर जातिको अपमान शिलन्यास नाटकको चिरफार, एतिहासिक पृष्ठभुमिमा मगर जाति र बुद्ध धर्म र मगर जातिमा रहेको बौद्ध संस्कार पुस्तकका लेखक टेकबहादुर पुनको अनुभवमा उनको पछिल्लो पुस्तकहरु धार्मिक कुराहरु समेटेर लेखिएको भएर उनलाई चिन्ने ठाउँतिर पुस्तक विक्री तथा माग भएको पाउँछन् । उनको पुस्तक हामी मगर— तेश्रो संस्करण छाप्ने गृहकार्यमा उनी छन् । २ हजारप्रति प्रकाशित भईसकेको उनको यो पुस्तकको माग पनि निकै छ । यसर्थ थप पेज सहित प्रकाशन गर्न सोचाई बनाई रहेका छन् ।
मगर पुस्तकको बजार भनेकै मगर कार्यक्रमहरु नै हुन् । अहिले मगर समाजभित्र धर्म सम्बन्धी र मगर भाषा सिक्ने व्याकरणका पुस्तकहरुको माग भएको उनी पाउँदछन् तर मगर साहित्यका पुस्तकहरुको माग एकदम कम छ । उनको पुस्तकको माग लुम्बिनी क्षेत्रबाट बढि हुन्छ र त्यस क्षेत्रमा विक्री पनि भईरहेको छ । जेहोस् हाम्रो समाज अध्ययनशील चाहिं छैन । पढे/लेखेको व्यक्तिहरुबाट नै हाम्रो साहित्य किनेर पढिंदैन । पढेर सुझाव दिने वातावरण नै छैन । जसको कारण पुस्तक प्रकाशन गरेकाहरुको लगानी नै उठ्दैन । यसको लागि लेखकले लेखन शैली, कला, विषयवस्तुमा गहनता साथ पुस्तक प्रकाशन गर्नु पर्छ भन्ने मान्यता राख्दछन् । र, यसलाई मगरहरुको संघ/संस्थाबाट बजार र आफ्नो समाजको पुस्तकबारे सचेत बनाउनु पर्दछ । हाम्रो समाजमा हरेक कुरामा आग्रह, पुर्वाग्रह, अनुग्रह छ यसर्थ पनि यस क्षेत्रमा हामीलाई अप्ठ्यारो भएको हो । मगर समाजमा मगरले पढनु पर्ने पुस्तक एम.एस. थापा मगरको प्राचीन मगर र अक्खा लिपी हो ।
२. फुल कुमारी थापा मगर (मगर भाषा प्रतिष्ठान कास्की जिल्ला समिति निवर्तमान अध्यक्ष)
मगर भाषामा ईट न ल्हेसा मास्टो कुङ (उपन्यास), कानुङ कुरा र झोर्ले लाफाको पुस्तक प्रकाशन गरिसकेकी फुलकुमारी थापा मगरको अनुभवमा पुस्तक खरीद त त्यस्तै हो पुस्तक अध्ययनको लागि दिंदा पनि अध्ययन गरिदिन्न् भन्ने नमिठो अनुभव छ । उनको मगर भाषा सिक्ने पुस्तक विदेशमा पठाएर विक्री भई लगानी उठायो भने अरु पुस्तक आफैले लेख्ने, आफैले विक्री गर्न अप्ठ्यारो महसुस गर्दै केही प्रति विक्री तथा केही वितरण गरिरहेकी छिन् । आफ्नो भाषामा पुस्तक प्रकाशन गरि नाफा कमाउने भन्दा पनि भाषाप्रतिको मायाको कारण प्रकाशन गरिन्छ । पुस्तकमा भएको लगानी मात्र उठ्यो भने पनि मन सन्तोक हुन्थ्यो । तर लगानी उठ्ने वातावरण छैन । आफ्नो भाषा र समाजलाई माया लागेर पुस्तक प्रकाशन गरिन्छ । विक्री गर्न सकिन्न । भोको पेटले काम गर्न सक्दैनौं तर लगानी मात्र भए पनि उठ्ने वातावरण बन्ने हो भने अझ अन्य पुस्तकहरु प्रकाशन गर्न जागर चल्ने थियो भन्ने मनसाय राख्दछन् । फुलकुमारी थापा मगर— आदिकवि जीतबहादुर सिंजाली मगर साहित्य पुरस्कार र आदिकवि रेखबहादुर सारु मगर प्रतिष्ठानद्वारा सम्मानित व्यक्तित्व हुन् ।
हाम्रो भाषा संरक्षण भएन भनेर हामी भाषणमा भन्छौं तर प्रकाशित पुस्तकहरुको संरक्षण गर्ने वातावरण मगर समाजमा छैन । हाम्रो समाजमा सिम्पल लिभिङ, हाई थिङकिङ होइन ठिक उल्टो हाई थिङकिङ, सिम्पल लिभिङको जीवन शैलीको सोचाई छ । भाषा र विषयवस्तुका पुस्तकप्रति जागरुकता छैन । हाम्रो पुस्तकको लेखन शैली र मगर पुस्तक प्रकाशन गर्दा सम्बन्धीत स्थलमा गएर अध्ययन गर्नु पर्छ । मगर भाषाको मानक एक नभएकै कारण पनि लेखनशैली फरक फरक छ । जसलाई अध्ययन गर्न अप्ठ्यारो छ । मगर पुस्तकका लेखकहरुले मगरको ठेट शब्द चयन पनि ठिक ठाउँमा सही तरिकाले गरेको उनी पाउँदैन । पुस्तक पढेकाहरुबाट सकारात्मक सुझाव पाउने वातावरण हुनुप¥यो । यसको लागि माउ संगठनबाट नै प्रयत्न गरिनु पर्दछ । विष्णु सिंजाली मगरद्वारा लिखित व्याकरणको पुस्तक मगर ढूटआङ कुराकानी मगरले पढ्नु पर्ने पुस्तक हो ।
३. गणेश जीएम (घर्ती) मगर (अठार मगरात मगर भाषाको पहिलो सम्पादक)
ओर्गे मिऊमिऊ याङ्लो (कविता संग्रह— आँखै आँखाको साम्राज्य), भाषा सिक्न चाहनेहरुको लागि गेरा पाङ (हाम्रो भाषा), पहाडे बोली चाली पुस्तकका लेखक तथा अथार मगरात मगर भाषाको पहिलो मासिक पत्रिका वईको सम्पादक गणेश जीएम २०५७ साल देखि भाषा आन्दोलनमा लागेका हुन् । ०५१ सालदेखि फाटफुट अथार भाषामा लेखे पनि ०५७ सालदेखि निरन्तर यस क्षेत्रमा रहेर २०६४ साल सम्म वई पत्रिका मार्फत भाषिक आन्दोलनमा लागिरहेका थिए भने हाल अथार मगर भाषाको पाठ्य पुस्तक मगर भाषाको १ देखि ५ कक्षा सम्मको पाठय पुस्तक तयार गरिसकेका छन् । उनको पत्रिका वई— वार्षिक ग्राहक मार्फत विक्री गरिन्थ्यो भने उनको पुस्तक गेरा पाङको माग निकै छ ।
अथार मगराँत मगर भाषामा उनले पत्रिका प्रकाशन गर्दा हाम्रो भाषामा पनि लेख्न मिल्दो रहेछ भन्ने मान्छेहरु भेट्दथे । पत्रिकाले अथार भाषामा धेरै साहित्य जन्मायो भन्ने लागिरहेको छ । तर पत्रिकामा समाचार, कविता सबै आफुले मात्र गर्नु पर्ने भएको कारण अहिले यो पत्रिका बन्द भएको छ । तर भाषिक आन्दोलन जारीनै छ । अब उनको ब्याकरण प्रकाशनको क्रममा छ ।
मगर भाषामा विकास हुन नसक्ने कारणमा शिक्षा क्षेत्रमा कमजोरी र लाहुरे प्रवृतिलाई देख्छन् । एसएलसी पढेर लाहुरे हुन्छन् र त्यति पढेको व्यक्तिले भाषा बोले पनि भाषाको अध्ययन नहुँदा लेख्न सक्दैन भन्ने मान्यता राख्दछन् । यसको लागि निरन्तर अभ्यासको आवश्यकता पर्दछ । प्रकाशित पुस्तकहरु पनि विविध कठिनाई स्वरुप बजारमा ल्याए पनि विक्री स्थलको कमीको कारण घरमा नै राख्नु पर्छ । मगरले आफै प्रकाशन गृह खोल्नु पर्दछ । र, ठाउँ ठाउँमा विक्री स्थल खोल्नु पर्दछ । अथार मगरात मगर भाषामा बमकुमारी बुढा मगरको इतिहास सम्बन्धी पुस्तक पढनु पर्ने पुस्तक हो ।
४. रुद्र सन्देश मगर (नेपाल मगर लेखक संघ, के.स., सविच)
मगर भाषामा कविता संग्रह बीकोलेसा (दुख्दोरहेछ) र मुक्तक संग्रह आर्मीट्मा (सम्झना) प्रकाशन गरि आफुलाई ऋण लागेको कुरा रुद्र सन्देश मगर सुनाउँछन् । भाषा बचाउँनु पर्छ त भनिन्छ तर मगरले लेखिएको पुस्तकहरु खरीद गरि पढ्ने वातावरण छैन । विक्री गर्ने स्थान छैन । बरु गैर मगरले मगर पुस्तक लेख्यो भने के लेखेको रहेछ भन्दै खरीद गरिन्छ । हाम्रो समाजमा मगर साहित्यको थोरै पाठकहरु छन् । समुदाय भित्र पठन संस्कृतिको अभाव छ । भाषा बचाउनु पर्छ भन्ने चेतनाको अभाव छ । पुस्तक, पत्रपत्रिका किन्नु भन्दा हामी बियर खान पैसा खर्चन्छौं ।
पुस्तक पसलमा गएर मगरले मगर पुस्तक किन्ने वातावण बनेको छैन । मगर कार्यक्रमहरुमा पुस सेलनै हो— मगर पुस्तकको बजार । जिम्मेवार पदमा बसेका जिम्मेवार व्यक्तिहरुमा पनि आफ्नोपन, आफ्नो भाषा/पुस्तक प्रति मोह भएको पाउँदैन म— भन्छन् । जब कि मगर संघ/संस्थाबाट नै साहित्य सम्बन्धी गोष्ठी, अन्तरक्रिया, छलफल चलाउनु पर्दछ । साथै मगर लेखक र सिंगो मगर संघका पदाधिकारीहरुसँग बहस गर्नु पर्दछ । जसको कारण लेखनमा गुणस्तर आएर व्यवसायिक लेखन शुरु भई बजार व्यवस्थापनमा पनि सुधार आउँदछ भन्ने सोचाई पालेका छन् । लोकबहादुर थापाद्वारा लिखित मगर भाषा (ढुट) को क्षेत्रीय भेद पुस्तक र बिष्णु सिंजालीद्वारा लिखित मगर ढूटआङ कुराकानी मगरले पढ्नु पर्ने पुस्तकहरु हुन् ।
मोई (भाषामा नाटक), मगर चलचित्र सम्बन्धी पुस्तक र भाषामा पीरीङ्ग्याओ बारी पून्च एकडेभ आलेओ परीस्मा पुस्तक प्रकाशित गरि मगर साहित्य र मगर चलचित्र क्षेत्रमा अहिले सक्रिय रुपमा लागिरहेका युवराज मास्की राना मगर— आफ्नो पछिल्लो दुई पुस्तकहरु आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानबाट सहयोग प्राप्त भई छापेको कारण निशुल्क वितरण गरिरहेका छन् । तर मोई प्रकाशन जिम्मा लिएका प्रकाशकलाई विक्री गरि लागत रकम फिर्ता गर्ने चाहना हुँदाहुँदै पनि फिर्ता दिन सकेनन् । कारण मगर साहित्यको बजार नै छैन भन्दा पनि हुन्छ— भन्दछन् ।
पुस्तक प्रकाशित गरि लेखक आफै बजारसम्म पुग्नु पर्दछ । लेखकलाई आफ्नो क्रियसनमा मात्र चिन्ता रहने र विक्रीतिर ध्यान दिनु नपर्ने वातावरण सिर्जना हामीले नै बनाउनु पर्दछ । जसको कारण राम्रो साहित्य सृजना भई राम्रो पुस्तक हाम्रो हातमा आउँदछ । तर लेखक आफै बजारमा पुस्तक लिएर जानु पर्दछ जसको कारण लेखक अलमल्ल परेको वातावरण अहिले हामीसँग छ । र, हाम्रो प्रकाशित पुस्तकहरुमा पनि राम्रो लेखन शैली छैन, शिप छैन । लेखनमा कमी छ । जसको कारण साहित्यमा रुचि कम भएको पनि हो । पाठकको रुचि अनुसार लेखन शैली र साहित्यको विकास गर्नु पर्दछ । समाजभित्रबाटै प्रकाशक जन्मनु पर्दछ । वर्ष वर्षमा विभिन्न ठाउँमा पुस्तक मेला राख्नु पर्दछ साथै लेखकहरु बीच विभिन्न ठाउँमा अन्तरक्रिया गरिनु पर्दछ । नारायण तारुङको रोरा निराओ, बिष्णु सिंजालीको ल्हुङ कथा संग्रह, हेमा आलेको कविता संग्रह, लोकबहादुर थापा मगरको पुस्तकहरु मगरले पढ्नु पर्ने पुस्तकहरु हुन् ।
६. जुक्ति प्रसाद पुन (रेडियो नेपाल, क्षेत्रीय प्रसारण केन्द्र, सुर्खेतबाट मगर खाम भाषामा समाचारवाचक)
खाम मगर भाषाको संक्षिप्त शब्द संग्रह र खाम मगर पाङ— नेपाली— अंग्रेजी शब्दकोष ०६१ प्रकाशित गरिसक्नु भएका जुक्तिप्रसाद पुन हाल घरायासी कारण कुनै सामाजिक पद तथा यस क्षेत्रमा संलग्न छैनन् । आफ्नो भाषाको माया भएको कारण विक्री गरेर नाफा कमाउनु भन्दा पनि भाषा संरक्षणको लागि पुस्तक प्रकाशित गरेको हो भन्ने मान्यता राख्दछन् । पुस्तक प्रकाशन आफ्नो समाजको भाषाप्रतिको चासोकै कारण प्रकाशन गरेको हो— यस्तै चासो अन्य मगरहरुमा पनि आउनु पर्छ । खाम भाषी मगरहरु साहित्य लेखनतिर ५ प्रतिशत पनि छैनन् । साथै मगर साहित्य र मगर पुस्तकप्रति हाम्रो समाज अध्ययनशील छैन । अहिले केही युवाहरु आईरहेका त छन् तर यो पनि साह्रै कम हो । यो हुनुको कारण युवाहरु विदेश पलायन भएको कारणले गर्दा भएको हो । देशमा रोजगारको वातावरण छैन । हामी आदिवासी भएकै कारण पनि हामीप्रति राज्यको नजर र चासोको विषय कम छ । राज्यबाट नै हाम्रो भाषा मात्र होइन आदिवासी जनजातिको भाषा संरक्षणको लागि काम हुनुपर्दछ । हाम्रो समाजभित्र भाषिक समस्या छ । यस्तो हुनुहुन्न थियो । जसको कारण अध्ययनमा समस्या परेको छ भने काम गर्नेलाई पनि अप्ठ्यारो स्थिति छ । पहिचानको कुरा गरिन्छ तर पहिचानको लागि आफ्नो मातृभाषा संरक्षणमा संस्थागत पहलको थालनी गरिनु पर्दछ ।
७. बिष्णु सिंजाली मगर (नेपाल मगर मगर लेखक संघ, के.स., उपाध्यक्ष)
शुन्यताको आकाश (कथा/कविता संग्रह), ल्हुङ (मगर भाषामा कथा संग्रह), मगर ढुटआङ कुराकानी, बडाप (कविता संग्रह), डान मेट बाजी (मगर भाषा) र रेखबहादुर सारु (स्मारिका सम्पादन), शोध माला (सम्पादन), आरमिटजेस मिरिक गोम्होक (सम्पादन), हिरासिंह थापा मगरको मगर शब्दकोष (सम्पादन मण्डल सदस्य), आदिवासी मगरका विविध पक्षहरु सम्पादन र सरुवा रोगहरुप्रति मगरहरु कति सचेत छन् भन्ने बारे थेसीस गरिसकेका बिष्णु सिंजाली— मगरको पुस्तक विक्री बजार त्यति निराशाजनक छैन भन्ने मान्यता राख्दछन् । आफ्नो कृति समयसापेक्ष छ कि छैन र पुस्तकमा लेखन शैली कस्तो छ भन्ने कुराले पनि पुस्तक विक्रीमा भर पर्दछ । हिजो जस्तो मगरले लेखेको हो भनेर अन्धाधुन्धा जुन पुस्तक पनि खरीद गरिदिने समय अहिले छैन । अहिले क्वालिटीका गहनपूर्ण पुस्तक, हिस्टोरिकल र अथेन्टिक पुस्तकको माग मगर समाजमा छ ।
मगर पुस्तक प्रकाशित गरेपछि आफ्नो नेटवर्किङ र पुस्तकको विज्ञापन कति गरिन्छ त्यसमा पनि पुस्तक विक्री भर पर्दछ । र, प्रकाशित कृतिहरुको प्रचारप्रसार गर्न नसकेकै कारण पनि हाम्रो पुस्तकको विक्री कम हुन्छ । मगर मिडियाहरुले मगरको पुस्तकबारे बेला बेला जानकारी गराउने तथा पुस्तकको समीक्षा गरिदिने, अन्तरवार्ताहरु प्रकाशित गरिदिई पुस्तक र लेखक सम्बन्धी जानकारी दिई रहयो भने मगरले सम्बन्धीत व्यक्तिको पुस्तक खोजेर भए पनि पढ्छ । तर हामी विज्ञापनमा खर्च गर्दैनौं, प्रचारप्रसार गर्दैनौं र हाम्रो कतिपय राम्रो पुस्तकहरुको विक्री पनि कम भएको हो भन्ने बुझाई उनको छ । यसलाई संघ/संस्थाले पनि प्रोमोट गरिदिनु पर्दछ । विभिन्न समयमा हामी अन्तरक्रिया तथा गोष्ठीहरुको आयोजना गरि छलफल तथा बहस गर्ने वातावरण सृजना गर्नु पर्दछ । हाम्रो समाजमा मगर भाषाको मानक नबनेकै कारण पनि लेखन पद्दति अप्ठ्यारो छ । जसको कारण पढ्न गाह्रो हुन्छ । मेरै प्रकाशित पुराना कृतिहरु पाठकलाई पढ्न गाह्रो लाग्दछ तर अहिले प्रकाशित भएका पुस्तकमा त्यस्तो समस्या कम छ । पढेर बुझिदो रहेछ भनेर प्रतिक्रिया दिन्छन् ।
बिष्णु सिंजालीको मगर ढुटआङ कुराकानी पुस्तक चौथो संस्करण भई जम्माजम्मी अहिले ८ हजार प्रति प्रकाशित भईसकेको छ । जुन संख्या मगर पुस्तक प्रकाशन इतिहासमा सबैभन्दा बढी हो । तर उनकै अन्य पुस्तकहरुको प्रकाशन संख्या १ हजार नै हो । साहित्यप्रति समाजको अरुचि भएकै कारण उनले पनि आफ्नो पुस्तकहरु निशुल्क वितरण गरिरहेका छन् । केशरजंग बरालको पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरुको संस्कृति, एम.एस. थापा मगरको प्राचीन मगर र अक्खा लिपी, मगर जाति र मगर अध्ययन केन्द्रबाट प्रकाशित शोधमाला स्मारिकाहरु मगरले पढ्नै पर्ने पुस्तकहरु हुन् ।
८. पूर्ण थापा मगर सुगा (लेखक तथा चलचित्रकर्मी)
मगर पुस्तक अक्खारिका वर्णमाला र ङा मगर (कविता संग्रह) प्रकाशन गरिसकेका पूर्ण थापा मगर आफ्नो पुस्तक अक्खारिका वर्णमालाको अझै माग रहेको तर आफुसँग लगानी गर्ने क्षमता नभएकै कारण प्रकाशन गर्न सकेका छैनन् । भाषा सिक्ने पुस्तक भएको कारण यसले लगानी उठाएर नाफा पनि दिएकै हो तर कविता संग्रह चाहिं विक्री नभएर चिनेजानेका व्यक्तिहरुलाई उपहार स्वरुप उनले निशुल्क वितरण गरिदिएका रहेछन् । मगर समाजमा मगर भाषा सिक्ने पुस्तक र व्याकरणको माग भएको अनुभव उनमा छ ।
मगर भाषामा साहित्य लेखन गर्दा पाठकहरुलाई मगर अक्षर पढ्न अप्ठ्यारो भई पढ्न अल्छी मान्दछन् । एउटै शब्द पनि ठाउँ अनुसार फरक फरक तरिकाले लेख्ने भएको कारण पाठकहरुलाई पढ्न अल्छी लाग्ने तथा स्थान अनुसार नबुझ्ने भएकै कारण साहित्यको बजार कम भएको हो कि भन्ने सोचाई राख्दछन् । मगर संघ÷संस्था बाटनै ठाउँ/ठाउँमा मगर पुस्तक विक्री केन्द्र खोल्नु पर्दछ । साथै मगर भाषाको शब्द लेखनमा एकरुपता ल्याउन तथा मगर भाषा सम्बन्धी चेतना ल्याउनको लागि अन्तरक्रिया तथा गोष्ठी राखिनु पर्दछ । र, मगर लेखकहरुबाट नै वर्षमा एक पटक मगर पुस्तक विक्री महोत्सव राख्नु पर्दछ । हिरासिंह थापा मगरद्वारा लिखित मगर शब्दकोष मगरले अनिवार्य पढ्नु पर्ने र घरघरमा खरीद गरि राख्नु पर्ने पुस्तक हो ।
मगर भाषामा गजल संग्रह रिक्मा, लर्फओ मिच्याट (कथा संग्रह), बोपरा खुया (बाल कथा संग्रह), आरमिटजेस मिरिक गोम्होक (अनुवादक), नेपाल मगर लेखक संघ लुम्बिनी अञ्चलको पहिलो मुखपत्र उदिमको सम्पादक, मगर रिकाहारीकुङ रिल्हीङको (काट) सहसम्पादक र जजा (बाल कथा) सम्पादन गरि प्रेसमा रहेको मगर भाषाका पुस्तकहरुको लेखिका हेमा आले मगर नवलपरासीमा बसेर भाषिक आन्दोलन अग्रणी भुमिका खेलिरहेकी छिन् । आफ्नो पहिलो गजल संग्रह विक्री भएको उनलाई थाहा छैन । यो गजल संग्रहको पुस्तक उनले चिनेजानेकाहरुलाई उपहार दिईरहेकी छिन् भने कथा संग्रह लर्फुओ मिच्याटको विक्रीबाट फाईदा भई हौसिएर उनले बोपरा खुया— मगर भाषाको पहिलो बाल कथा संग्रह प्रकाशन गरेको बताउँछन् । तर भाषामा पढ्न चाहने व्यक्तिहरु कमै मात्र छन् । हाम्रो पुस्तकहरु पाउने ठाउँको अभाव छ । हामीले मगर कार्यक्रमहरुमा नै विक्री गर्नु पर्छ । विक्री भएको पुस्तकको प्रतिक्रिया पनि नपाएको कारण मगरहरुले पढेनन् कि भन्ने जस्तो पनि महसुस गरिरहेकी छिन् । यसै कारण मनमा खड्किरहन्छ । प्रतिक्रिया पाउने हो भने अझ मैले यसरी लेख्नु पर्दो रहेछ भन्ने थाहा हुने थियो । मगर भाषामा लेखिरहँदा पढेकै व्यक्तिहरुले मगरमा कहाँ लेखिरहेकी नेपाली/अंग्रेजीमा लेखेपो उन्नति हुन्छ भनेर भन्छन् । मगर भाषाप्रतिको लगावकै कारण मगर भाषामा पुस्तकहरु प्रकाशन गरिरहेको हो । बिस्तारै मगरहरु मगर भाषाप्रति अध्ययनशिल हुँदै आउँदैछन् जस्तो पनि लाग्दैछ ।
मगर पुस्तकहरु पाउने ठाउँ भएको भए वा मगरहरुले खोलेको पुस्तक पसलहरुमा हाम्रो भाषाका पुस्तकहरु राखिदिए हामीलाई प्रोत्साहन हुने थियो भन्ने लागिरहन्छ । प्रकाशक तथा वितरणहरु हामीभित्रैबाट जन्मनु पर्दछ । हाम्रो भाषामा लेखन शैलीको पनि विकास हुनुपर्दछ । जसले गर्दा नयाँ पुस्ता यस क्षेत्रमा आउने थिए । साथै मगर पुस्तक विक्री संख्या बढ्ने थियो भन्ने लाग्दछ । अञ्चलमा बसेर काम गर्न सजिलो हुँदो रहेछ । केन्द्रमा अलि हामी एकजुट हुन नसकेको हो कि जस्तो लागिरहेको छ । मगर भाषाको मानकमा एकरुपता नभएको कारण पनि अप्ठ्यारो स्थिति छ । हामी एउटै टेबलमा बसेर छलफल गर्न तथा काम गर्न पनि सकिरहेको छैनौं ।
१०. खड्ग आले मगर (नेपाल मगर लेखक संघ, के.स. सदस्य)
मगर भाषामा सेन्टाहाके (कविता संगह्र) र नम्ह्री म्हाक्यु लाङ्घा (एकाङकी) र कुडिङच्यो छ्याप (सामाजिक उपन्यास) पुस्तक प्रेसमा रहेको जानकारी खड्ग आले मगर बताउनु हुन्छ । कोटा गाविस ५, छेरङा, तनहुँमा नै रहेर शिक्षक तथा मगर भाषा आन्दोलनमा संलग्न हुनुहुन्छ । कक्षा ८ मा छँदानै मगर भाषामा कविता वाचन गरि सुनाउँदा सुन्ने मगरहरु खुशी भएको कारण मगर भाषामा लेख्न जाँगर चलेको रहेछ भने जीतबहादुर सिंजाली र रेखबहादुर सारु मगरका कविताहरु पढ्दा खेरी अझ लेख्न जाँगर चलेको कुरा बताउँछन् । यसरी लेखिरहँदा २०६९ सालमा जीतबहादुर सिंजाली मगर साहित्य सम्मान उनले प्राप्त गर्नु भयो । सेन्टाहाके कविता संग्रह १५ सय प्रति प्रकाशित गरि वितरण गरिरहनु भयो । मगर भाषाको बर्ण, व्याकारणहरुमा एकरुपता नभएको कारण र भाषामा लेख्दा अलि अप्ठ्यारो हुने कारणले गर्दा चिनेजानेको व्यक्तिहरुलाई उपहार दिईरहनु भएको छ ।
अहिले सामाजिक सञ्जालहरुमा मगर भाषामा निकै जागरण आएको जस्तो लाग्दछ भने व्यवहारिक रुपमा पनि केही परिवर्तन त भएकै छ । आफ्नो पुस्तक प्रकाशन गरि लगानी उठेन । तर जन्मेदेखि नै मगर भाषी भएको कारण मगर भाषामा लेख्ने काम गर्दा खुशी लाग्दछ । मगर भाषी भएको कारण अझै पनि शुद्ध नेपाली उच्चारण गर्न गाह्रो छ । यसर्थ मगर भाषाको मायाकै कारणले फाईदा भन्दा पनि मनसन्तुष्टिको कारण पुस्तकहरु प्रकाशन गर्न मन लाग्ने हो । हाम्रो पुस्तकहरुमा गुणस्तर नभएको कारणले पनि यसले बजार त्यति नपाएको हो कि प्रश्न गर्दछन् । हामीले वर्ण विन्यासलाई एकरुपतामा ल्याउन सक्यौं भने बजार अलि फराकिलो हुन्थ्यो कि ? र, भाषाका कक्षाहरु संचालन गर्ने, पाठकको समुह बनाएर छलफल गर्ने, लेखकले पनि लेख्ने विषयवस्तुमा मगरपन झल्काउने र अध्ययन गरेर मात्र लेखन कार्य ग¥यो भने मगर पुस्तकहरु अझ गहकिलो आउँथ्यो कि ? नारायण तारुङको मयौं मिराप (आमाको रोदन), आदिकवि रेखबहादुर सारु मगरको फुन्च ठलके (जन्मस्थल) पुस्तक हामीले पढ्नु पर्ने पुस्तकहरु हुन् ।
११. रुद्र बहादुर हितान मगर (मगर भाषा प्रतिष्ठान कास्की जिल्ला र नेपाल मगर पत्रकार संघ, कास्की जिल्ला समिति अध्यक्ष)
मगर भाषामा लाङ्घाके आरमिट्नाङ (कविता संगह्र) र लखन ठापा लीङ–रीलीङ (गीति काव्य) प्रकाशन गरिसक्नु भएका रुद्रबहादुर हितान मगरको आफ्नो पुस्तकको प्रकाशकले राम्रोसँग विक्री गरेको स्वीर्काछन् । लखन थापा मगरको खण्डकाव्य अध्ययन गरि धेरै ठाउँबाट उनलाई फोन आउँदा हौसिएको बताउँदछन् । जीतबहादुर सिंजाली साहित्य सम्मान २०७१ द्वारा पनि सम्मानित रुद्र बहादुर हितान मगर भाषामा ठाउँ अनसारको फरकपनले गर्दा मगर भाषा पुस्तकको विक्री र अध्ययनमा समस्या छ । जसलाई व्याकरणमा सबै ठाउँका शब्दहरु संलग्न गरि प्रकाशन गरे केही सुधार आउने थियो कि ? यसो गर्दा ठाउँ अनुसारको फरक शब्द थाहा पनि पाउने तथा बुझ्न पनि सजिलो हुने हुन्थ्यो कि ? हाम्रो पुस्तकहरुको प्रचार प्रसारमा पनि कम छ । विक्री स्थल छैन । हामीले हाम्रो पुस्तक पुस शेल गरेर नै विक्री गर्नु पर्ने बाध्यता छ ।
भाषाप्रतिको मायाको कारण आफुले विक्रीबाट केही नपाए पनि प्रकाशकबाट प्राप्त सयप्रति चिनेजानेको मान्छेहरुलाई विक्री गर्नु भन्दा उपहार नै दिने गरेका छन् । जसको कारण आत्मसन्तुष्ट पनि हुन्छ । लोकबहादुर थापा मगरका व्याकरणका पुस्तक तथा उनका अन्य पुस्तकहरु मगरले पढ्नु पर्ने पुस्तकहरु छन् ।
साराँश:
मगर समाज विविधताको समाज हो । पुर्वदेखि पश्चिमसम्म फैलिएर रहेको यो समाज भित्र ठाउँ अनुसार संस्कृति तथा भाषामा केही फरकपन छ । ठाउँ अनुसार एउटै शब्दलाई पनि फरक फरक भनिंदा हाम्रो शब्द भण्डार धेरै भई हामी शब्दमा धनी हुनु पर्ने थियो तर यही कारण लेखनमा अप्ठ्यारो भएको कुरा लेखकहरुसँगको कुरामा थाहा भयो । साथै मानकमा एकरुपता नै छैन । मगर शब्द लेख्दा दीर्घ नै लेख्नु पर्ने, आधा अक्षर नलेख्ने, खुट्टा काट्नु पर्ने एउटा तर्क रहयो भने समय सापेक्ष हामी पनि केही सुधार गर्दै पढ्न सजिलो पार्न आधा अक्षर लेख्ने, साथै दीर्घनै लेख्नु नपर्ने भन्दै अहिले ढुट मगर भाषामा दुई अभिमत पाइयो भने अथार मगरात मगर भाषालाई खाम र पाङ कुन लेख्ने भन्ने अन्यौलता रहेतापनि कक्षा ५ सम्मको पाठयक्रममा मगर भाषा भनेर अगाडि बढेको कारण अलि सहजता रहेको पाईयो । अब मगर भाषामा लेखन गर्ने व्यक्ति वा संस्थाले यी कुराहरुमा सुधार ल्याई पढ्ने व्यक्तिलाई अलि सहज बनाई दिए पहिचानको आन्दोलनमा भाषा लेखन माध्यमबाट हैंसे गर्ने व्यक्तिहरुलाई सजिलो र अध्ययन गर्नेलाई पनि सुविस्ता हुने थियो । साथै पुस्तक लेखन गर्ने व्यक्तिहरुलाई पुस्तक विक्री गर्नु पर्ने समस्या कम भए उत्कृष्ट लेखन गर्न सक्षम हुने थिए कि ? यसको लागि अब नेपाल मगर संघले पनि आर्थिक क्रान्तिको बाटोमा अग्रसर हुँदै सबैलाई बचाउनु पर्दछ । नेपाल मगर संघ केन्द्रीय समितिले आफ्नो जिल्ला, भातृ संस्था र विदेशमा गठन भएका समितिहरुलाई मगरको ठिक र उचित कुराहरु खरीद गरिदिने वा आफै वितरकको भूमिका खेल्नु पर्ने स्थिति तड्कारो रुपमा आईलागेको छ ।